कोरोना तिमी किन जाग्यौ यसरी,
संसारै ध्वस्त पार्न !
के रिस उठ्यो मानव सँग तिमीलाई,
फटाफट थाल्यौ मार्न !!
होसियार गरि बसे पनि जसरी,
छिर्छौ सुस्त गरी !
कति बाँचुन् मानिसहरु यसरी सधै,
मनमा आतंक भरि !!
हाँसो छैन, खुशी छैन मानिसहरुको कतै,
रोदन झल्की रहन्छ !
के हुने हो, कसो हुने हो भनेर सधैं,
मनमा तड्पी रहन्छ !!
अब छाडी देउ तिम्रो यात्रा कोरोना,
संसारै थाकि सक्यो !
सुन्दर परिवार, सुन्दर वस्ती पनि,
उजाड भइ सक्यो !!
कोरोनाको कहर जति भए पनि,
हिम्मत हार्नु हुन्न !
आत्माबल दरो बनाइ घरैमा बसौं,
कोरोनाले कसैलाइ छुन्न !!
प्रतिक्रिया दिनुहोस्