बूढानीलकण्ठ नगरपालिकाको आठौं नगर सभा शुरु भएको छ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको अध्यक्षतामा भएको नगर सभाको उद्घाटन शत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।

बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दिपक निरौला ,सार्वजनिक लेखा समितिका सभापति न्युछे नारायण श्रेष्ठ , प्रदेश सभा सदस्यहरु भीमसेन खत्री र सिता लामा, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, जिसस काठमाण्डौ सदस्य सावित्री ढकाल (भट्टराई) को उपस्थितिमा भएको नगर सभामा प्रमुख खरेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै उप प्रमुख रमा राईले स्वागत मन्तव्य राखेकी थिइन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि सबै वडा कार्यालय भवन निर्माण ,कपन ह्यान्डबल मैदान निर्माण , सृजना पार्क ,संग्रहालय ,थोक तथा खुद्रा विक्रीका लागि तरकारी बजार स्थापना (ठेक्का भैसकेको) ,बूढानीलकण्ठ बसपार्क निर्माण ,७ किलोमिटर साइकल तथा पद मार्ग निर्माण ,प्रत्येक वडामा दुई हरियाली पार्क निर्माण सहितका २१ योजनाहरुलाई प्राथमिकतामा राखेको छ।
प्रतिक्रिया दिनुहोस्