Logo

बागमती पेज

श्रावण ७, २०७८ बिहीबार

बुढानिलकण्ठका जंगलमा चरा खाेजेर हिँड्ने १६ वर्षे फोटोग्राफर (फोटोमा हेरौं)


satyam_Pathak सत्यम_पाठक

प्रकृति, वातावरण एवम् जलवायुका हिसाबले बुढानिलकण्ठलाइ उपत्यकाकाे उत्कृष्ट ठाउँ मानिन्छ । शिवपुरी राष्ट्रिय निकुन्ज तथा १ दर्जनभन्दा धेरै सामुदायिक जङ्गलहरूले घेरिएर बेरिएर बसेकाे बुढानिलकण्ठ बस्ती विकासका हिसाबले उत्कृष्ट मान्न नसकिए पनि यहाँ रहेकाे जङगल, खाेलानाला, डाँडापाखाले याे क्षेत्रलाइ उत्कृष्ट बनाएकाे छ । बुढानिलकण्ठ आसपासमा कतिपय महत्वपूर्ण वनस्पतिका साथमा जीवजन्तु र पंक्षीहरू पाइन्छन् । यिनीहरूकाे संरक्षणका लागि राष्ट्रिय निकुन्जले भूमिका खेले पनि बाँकी जंगल भने संरक्षणबिहिन नै छ ।

बुढानिलकण्ठ क्षेत्रका जंगल पंक्षीहरूका लागि स्वर्गीय ठाउँमध्ये एक हाे । सुन्दर चराहरुकाे संसारझैँ लाग्ने यस ठाउँमा सयाैँ जातका रैथाने पंक्षीहरू बसाेबास गर्छन् भने सयाैँ जातका चराहरू हजाराै माइल उडेर यहाँ आइपुग्छन् । वर्षैभरीकाे हिसाब गर्ने हाे भने यहाँ ३०० भन्दा धेरै जातका चराहरू हेर्न पाइन्छ । देश विदेशका चरा हेर्ने पारखीदेखि चरा खिच्नेहरु यहाँ आउने गर्छन् ।

चराहरूकाे यस स्वर्गीय ठाउँमा एक तन्नेरी ६०० एमएमकाे लेन्स बाेकेर हिँडिरहेकाे धेरैले देख्न पाउँछन् । १६ वर्षका सत्यम पाठकले १० कक्षामात्र पास गरेका छन्, अब ११ कक्षा पढ़न जाने तयारीमा छन । । यही अन्याैलतामा बुढानिलकण्ठ आसपासका जङ्गलमा चराहरू खाेज्दै हिँड्छन् उनी । सम्भवतः नेपालमा वाइल्डलाइफ फाेटाेग्राफीमा सक्रिय रहेका फाेटाेग्राफरमा उनी कान्छा हुन् । धेरै रैथाने तथा घुमन्ते प्रजातिका चरा सत्यमले खिचिसकेका छन् । डेढवर्षदेखि अध्ययन तथा स्कूलकाे समय कटाएर सत्यम काठमाडाैँ उपत्यकालाइ घेरेर बसेका प्राय सबै जंगलमा पुगिसकेका छन् ।

अध्ययनका समयबाट बाँचेकाे समय प्रकृतिसँग रमाउँदै चराहरूकाे फाेटाे खिच्न उनलाइ रहर पलायाे । साेही रहर अहिले सत्यमकाे स्वभाव बनिसकेकाे छ । हरेक विषयलाइ क्यामराकाे याङ्गलले हेर्न मात्र हैन दैनिक चराचुरूङ्गिकाे फाेटाे नखिचि उनलाइ निन्द्रा नै लाग्दैन । चराहरुकाे रामाइलाे र सुन्दर बुढानिलण्ठमा बसाेबास गर्ने सत्यम् पाठकले १०० भन्दा धेरै प्रजातिका चराकाे तस्वीर खिचिसकेका छन् । सत्यम् पाठकले बुढानिलकण्ठका जंगलहरुमा खिचेकाे १० तस्वीर यहाँ प्रस्तुत् छन् । यसै वर्ष रैथाने चरा सम्बन्धी पुस्तक प्रकाशन गर्ने तयारी मा छन् सत्यम । उनी याे पुस्तक प्रकाशन गरेर सबैभन्दा कम उमेरमा फाेटाेग्राफीसम्बन्धि पुस्तक प्रकाशित गर्ने लेखक बन्ने तयारीमा छन् ।

१) भद्राइ चराे (long tail shrike)

२) सोइरने तोरीगाँडा (white throated laughing-thrush)

३) पाण्डु चिचिल्कोटे (Himalayan Black-lored Tit)

४) सानाे माटिकाेराे (river kingfisher)

५) चित्रकुट (long tailed broadbill)

६) काष्ठकूट (Fulvous-breasted Woodpecker)

७) कंकिर (oriental white eye)

८) मुरारी पुतलीचरा (wallcreeper)

९) निलाम्बर जलखञ्जरी (Plumbeous Water Redstart)

१०) स्वर्गचरी (Asian Paradise-flycatcher)