काठमाडौँ । सरकारले नेपाल प्रहरीमा तीन वटा पद थपेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपेको हो ।
गृहमन्त्री बालकृष्ण खाँडले पेश गरेको ‘प्रहरी ९ औं संशोधन नियमावली २०७८’ लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । तल्लो दर्जामा काम गर्ने प्रहरी कर्मचारीको मनोबल बढाउन नयाँ पद सिर्जना गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्