Logo

बागमती पेज

पुस २, २०७८ शुक्रबार

भीम रावलले पार्टीलाई सल्लाह र सुझाव दिन सक्नुहुन्छ : महासचिव पोखरेल


नेकपा एमालेको अध्यक्ष पदमा पराजित नेता भीम रावल पार्टीको सल्लाहकार परिषद सदस्यको हैसियतमा रहेको सो पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेता रावल केन्द्रीय सदस्य नरहेकाले केन्द्रीय कार्यसमितिको तर्फबाट गरिएको कार्यविभाजनमा सामेल नगरेको बताए ।

‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन । त्यसअर्थमा उहाँको कार्यविभाजन केन्द्रीय कमिटीको कार्य विभाजनका रुपमा रहेन’, महासचिव पोखरेलले भने, ‘नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ । त्यो भन्दा बाहेकको जिम्मेवारीका सन्र्दभमा पार्टी अध्यक्षसँग परामर्श गर्न सक्नुहुन्छ ।’

https://subisu.net.np/

उनले अध्यक्षसँग परामर्श गरेर जिम्मेवारी लिन तयार भएमा छलफल गर्न सकिने बताए । ‘परामर्शका क्रममा उहाँले थप जिम्मेवारी बहन गर्न तत्परता देखाउनुभयो भने हामी छलफलका लागि तयार छौ’, पोखरेलले भने,‘अहिले नीतिगत रुपमा उहाँ केन्द्रीय सल्लाहकार परिषदको सदस्य हुनुहुन्छ । केन्द्रीय सल्लाहकारका रुपमा उहाँले पार्टीलाई समय समयमा सल्लाह सुझाव दिन सक्नुहुन्छ ।’