Logo

बागमती पेज

बैशाख २५, २०७९ आईतबार

कमिसनको खालमा पाँच वर्ष बिताएका शागरको माहोलमा लाग्यो ब्याकगेयर !


काठमाडौं । महाकुलुङ गाउँपालिका सोलुखुम्बुमा विगतको निर्वाचनमा सक्षम नेतृत्व नहुँदा पालिकावासीले धेरै समस्या झेल्नुपरेको छ । ०७४ सालको स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष शागर किरातीको अराजक गतिविधि देखेर स्थानीयहरु विकल्प खोज्दै छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनले विगतदेखि नै समाजलाई असर गर्ने विभिन्न खालका नकारात्मक गतिविधि देखाउँदै आएका छन् । यस्ता नराम्रा गतिविधि देखेर स्थानीयहरुले हैरान खेप्नु परेको छ ।

पालिका अध्यक्ष निर्वाचित हुँने र उनी आफ्नै खालका आन्तरिक काममा लाग्ने र विभिन्न योजना आफू निकटहरुलाई पार्दै कमिसन डिल गर्ने, पालिकाको बजेट मनपरि ढंगले चलाउँदै असक्षम खालको गतिविधिका कारण स्थानीयले हैरान खेप्दै आएका हुन् ।

आफ्नो कार्यकालमा ठुलो रकम बेरुजु राख्नुका साथै बजेट फ्रिज समेत गराएको महालेखापरिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

यस पटकको स्थानीय निर्वाचनमा पुनःपार्टीले उनलाई उम्मेदवार बनाउँदा स्थानीयहरु अचम्मित परेका छन् । यस्ता असक्षम नेतृत्वलाई पुन हामीले मत दिएर गल्ति गर्ने छैनौं उनी निकट पार्टीका एक कार्यकर्ताले भने ।

महाकुलुङ गाउँपालिका सोलुखुम्बुमा कमिसन डिल गर्दै हिड्ने शागर किरातीले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिएका हुन् । स्थानीय निर्वाचनमा निर्वाचित भएपश्चात विभिन्न योजनाका काममा कमिसन डिल गर्दै आधा भन्दा धेर कमिसन आफै लिनेगरेको उनी निकट नेताहरु बताउँछन् ।

गाउँपालिकाको केन्द्र निर्धारण गर्दा बिवादमा परेका उनी गएको साउनदेखि चैत्र सम्म गाउँपालिकाबाटै बिस्तापित भएका थिए । तर पछि चैत्रमा गुण्डाहरुको समूह लिएर गाउँ प्रवेश गरेका उनले माहाकुलुङ बासीलाई स्याल र फ्याउराको संग्या समेत दिएका थिए ।

शागर किरातीले उक्त फरार अवधिभरको भ्रमण भत्ता बुझेर राज्यकोषको दुरुपयोग गरेको जनप्रतिनिधिहरुनै बताउँछन् । उनको कार्य अवधिभर गाउँपालिकाले प्रभाह गर्ने सेवा अस्तव्यस्त बनेको थियो ।

कर्मचारीले सेवाग्राहीलाई हैरानी दिने गरेपनि अध्यक्ष किरातीले कहिल्यै सहजिकरण गरेनन् । उनले कर्मचारीलाई नियन्त्रण गर्न नसक्नुको पछाडी कर्मचारीसँग भागशान्ति बुझ्ने गरेको जानकारहरु बताउछन् । उनले शुसासन कायम गर्न सक्षम नभएको जानकारहरुले बागमती पेजलाई बताए ।

शागर किराती पुनःअध्यक्षको उम्मेदवार बन्दा पार्टीभित्र समेत तीब्र असन्तुष्टि छ । उनी अध्यक्षमा दोहोरिनुको औचित्य नभएको माओवादी केन्द्रकै नेताहरुनै बताउँछन् । उनले ५ वर्षे कार्यकालमा प्रशासनिक भवन समेत बनाउन नसकेको, उल्यखनिय विकासका कुनैपनि काम गर्न नसकेको, विकासका अल्पकालिन तथा दीर्घकालिन योजना बनाउन नसकेको, आफू निकटलाई उपभोक्ता समितिमा राखि राज्य कोषको दुरुपयोग गरेको आरोप छ ।

उनी विरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौं उजुरी परेको श्रोतको भनाई छ । सामान्य आर्थिक हैसियत भएका उनले गाउँपालिका अध्यक्ष भएपछि श्रीमतीको नाममा काठमाडौं उपत्यकामा घर तथा घडेरी जोडेको समेत बजारमा चर्चा छ  ।