Logo

भवानी कार्की

असार १५, २०७९ बुधबार

हरायो असारे रोपाइँको मौलिकता, असारे भाका सुनिन मुिस्कल 


रिमैमा झिमि पानी है परो असार मासैमा 
हेरेको हाम्मले धान है रोप्या बेसीको फाँटैमा 
वियाडे दाजु बीउ काडी ल्याउनु बाउसेले बीउ दिनु
हली है दाजु हल गोरु साउँदै हिलो है ल्याइदिनु

आज असार पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस, देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गर्दे र खेतमा धान रोपी मनाइँदै छ । विभिन्न भाका र फरक शब्द शैलीमा सजिएका असारे गीतहरु गाएर हाम्रा आमा दिदि बहिनीहरु असारमा खुब रमाइलो गर्छन् । एकातिर बाउसेका समूह र अर्कातिर रोपारका समूह मिली असारे गाउँदै खेती लगाउँदै आएका छन् । असार महिना माना रोपेर मुरी फलाउने महिनाको रुपमा लिइन्छ । 

छुपुमा छुपूँ रोपेको घान, बसेर गोडौला,
हाँसी मा हाँसी लाएको माया रोएर छोडौला…

असारको महिना मेला सुरु हुँदा देखी अन्त्य सम्म नै असारे गीत गाएर दिन कटाउँथे हाम्रा किसानहरू तर अहिले असारमा असारे भाका विरलै मात्र सुनिन्छन् । असारमा असारे भाका गाउने प्रवित्ती हट्दै गएको पाइन्छ । धान दिवस मनाउने चलन केवल रमाइलोमा मात्र सीमित हुन थालेको छ । तर वास्तविक किसानहरू भने मार्कामा छन् । असारको पन्ध्र गते भइसक्दापनि कतिपय स्थानमा रोपाइँ सुरु नै भएको छैन । कतिपय खेत अझै बाँझो नै छन् । 

काम गर्न सक्ने युवाहरू बिदेसिएका छन् । परिवारमा काम गर्ने सदस्य नहुँदा कतिपयको खेतमा बाली छैन । पहिला पहिला खेती गर्दा जतनै दुख पिडा भए पनि रोपार र बाउसे दिनभरि गीत गाउँदै एक अर्कालाई हिलो लगाएर रमाइलो गर्दे दुख बिर्सिने गर्दथे । बुढापाकाहरु लौरो टेक्दै भए पनि बेसीको रोपाई हेर्न जान तम्सन्थे र असारे भाकामा रमाउने गर्दथे । तर आजकाल मेला पर्म जाने चलन नै हट्न थालिसकेको छ । 

आजकाल कृषिमा मौलिकता हराउँदै गएको छ । कतिपय स्थानमा हलो जुवा र गोरु लगाएर खेती गर्न छाडी सकेका छन् । कृषीम आधुनिकता आएसँगै हलो जुवाको चलन हराउँदै गाएको हो । अहिलेका पुस्ताले पहिला  जसरी हल गोरु सायर असारे गीत गाउँदै खेती गर्न छाडेका छन् जस कारण पनि पुरानो मौलिकता यदाकदा हराएको हो कि पुराना पुस्ताका बुढा पाकाहरू गुनासो गर्छन् । 

नेपाल कृृषी प्रधान देश भए पनि कृषिमा स्तरन्नोती नभएको देख्दा दुख लाग्छ । धान रोप्ने र धान दिवस मनाउने चलन केवल रमाइलोमै सीमित भएको छ । तर जग्गा जमिन भएअनुसार सबैले खेती गर्ने हो भने कृषिमा सुधार आउन सक्छ । पुराना पुस्ताले जस्तै अहिलेका युवा पुस्ताले पनि आफ्नो परम्परा र मौलिकतालाई ध्यानमा राख्न आवश्यक देखिन्छ । 

काँकरी बियाँको मेरो माया त्याँहाँको ए कान्छा देख्छु सधैँ सपनी 
तिम्ले हाम्मले लाको माया अनौठाको ए कान्छा देख्छु सधैँ सपनी 
मेरो बालापनलाई एक छिन नदेख्दा नि ए कान्छा मुर्छा हुन्छु मपनी 
कतै नजाऊ छोडी यो मायाको डोरी ए कान्छा मुर्छा हुन्छु म पनि