Logo

बागमती पेज

श्रावण १६, २०७९ सोमबार

सर्लाहीमा शौचालयको सेप्टिक ट्यांकीमा युवकको शव फेला


काठमाडौँ। सर्लाहीमा हत्या गरिएको अवस्थामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको छ ।

जिल्लाको हरिपूर्वा नगरपालिका– ३ धनकौल निवासी १९ बर्षीय सुशीलकुमार यादवको शव गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

उनको शरीरमा धारिलो हतियारका निलडाम देखिएको छ । शव पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको डीएसपी यादवले बताए । उनले पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपछि विस्तृत विवरण खुल्ने बताए ।