Logo

बागमती पेज

भाद्र १५, २०७९ बुधबार

महामन्त्री गगनलाई कास्कीबाट चुनाव लड्न सिफारिस, छोड्लान् त काठमाडौँ ?


काठमाडौं : कांग्रेस महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ।

कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो । समितिले आकांक्षीहरूलाई बुधबार ३ बजेसम्म नाम प्रस्ताव गर्न आह्वान गरेको छ ।

महामन्त्री थापा आफै उपस्थित नभए पनि उनका साथीहरुले उनको तर्फबाट उम्मेदवारीका लागि आवेदन गरेका हुन् । कास्की १ बाट प्रत्यक्ष उम्मेदवार बन्न १६ जना इच्छुक देखिएका छन् । समानुपातिकमा ६ जनाको इच्छा देखिएको छ ।

महामन्त्री थापासँगै सहमहामन्त्री जीवन परियारको पनि प्रत्यक्ष उम्मेदवार बन्न आवेदन परेको जानकारी नेपाली कांग्रेस कास्की १ का सचिव सरोज केसीले दिए ।

उता, थापाले भने काठमाडौँको निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बन्न आवेदन दिएका छन। थापाले पुनः प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका हुन्।

बुधबार उनले काठमाडौँको निर्वाचन क्षेत्र- ४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन्। यस अघिको निर्वाचनमा पनि थापाले सोहि स्थानमा चुनाव जितेका थिए।

२०७३ सालमा छाेटाे समय स्वास्थ्य मन्त्री बनेका उनले नेपालकाे स्वास्थ्य क्षेत्रमा निकै सुधार गरेका थिए । जसकाे प्रभाव स्वरुप अहिले नेपाली जनताले त्यसकाे सेवा सुविधा उपभाेग गर्न पाईरहेका छन् ।