काठमाडौँ । सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै बाजुराका सञ्जिव अएडी र चेतनदीप अएडीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
मृतकको परिवारलाई १०/१० लाख आर्थिक सहयोग दिने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए ।
यस्तै कम्बोडियामा मृत्यु भएका निराकर पाण्डेको शव ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्