Logo

बागमती पेज

फाल्गुन १७, २०७९ बुधबार

तीतेकरेला तरकारी मात्रै होइन, रामबाण उपचार हो


काठमाडौँ । तीतेकरेला थोरै मानिसको रोजाइमा पर्ने तरकारी होे । तीतो हुने भएकै कारण धेरैलाई करेला मन पर्देन । तर तीते करेला तरकारी मात्र नभएर विभिन्न रोगका उपचारका लागि रामबाणकै काम गर्दछ ।

तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।

वर्षा याममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ ।

तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ । तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।

करेला सेवन स्वास्थ्यका लागि राम्रो मानिन्छ । कम्तीमा हप्तामा एक पटक करेला खानुपर्छ । किनभने अन्य सब्जीको तुलनामा यसमा धेरै औषधिय गुण हुन्छ । यो खाएपछि सजिलै पच्छ ।

करेला प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिनको स्रोत हो । यद्यपी करेलालाई स्वादिलो बनाउन फ्राइ गर्ने, तेलमा तार्ने गरिन्छ । धेरैजसोले त डिप फ्राइ गरेर करेला खाने गरेका छन् । यसले गर्दा करेलामा हुने तत्व नष्ट हुन्छ । सकेसम्म करेलालाई उसिनेर सेवन गर्नु राम्रो हो । यसलाई साँधेर सेवन गर्दा थप स्वादिलो पनि हुन्छ । ताजा करेलाको अचार, जुस बनाएर खान सकिन्छ ।

करेला सेवान गर्दाको फाइदा:

 करेला खानुको फाइदा स् कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ, करेलाले रगत सफा गर्छ साथै हेमोग्लोबिन बढाउँछ । करेलाले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ, दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ, करेला चिसो हुन्छ त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ । कफको रोगीले करेला सेवन गर्नुपर्छ, मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ यसले सुगर लेभल नियन्त्रण गर्छ ।

औषधोपचारमा करेला स् जुका परेमा तीन दिनसम्म १र१ चम्चा करेलाको रस विहान खाली पेटमा खाने गरेमा जुगा परेको नाश हुन्छ । जण्डिस भएमा एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहानरवेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।

उच्च रक्तचाप भएका बिरामीले बिहान तितेकरेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ । तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।