Logo

भवानी कार्की

फाल्गुन १८, २०७९ बिहीबार

परिक्षा जीवनको एउटा पाटो हो, यसलाई सहज ढंगले उत्तिर्ण गर्न सकिन्छ


काठमाडौँ । आगामी चैत १७ गतेबाट माध्यमिक शिक्षाको एसइई परिक्षा सुरु हुँदै छ । परिक्षाको समयमा विद्यार्थीहरु उत्साहित तथा चिन्तित पनि हुने गर्दछन् । धेरै अंक ल्याई उतिर्ण हुने चाहान सबैको हुने गर्दछ ।

अहिले देश भरीका विद्यार्थीहरु परिक्षाको तयारीमा जुटेका छन् । शिक्षकहरुपनि अन्य समय भन्दा विद्यार्थीलाई परिक्षा केन्दित तयारी गराइरहेका छन् । परिक्षाको समयमा विद्यार्थीहरुको मनोवल कसरी बढाउने र शिक्षण शिकाइलाई कसरी चुस्त बनाउने भन्ने कुरा महत्वपुर्ण रहने शिक्षाविद्हरु बताउछन् ।

परिक्षा नजिकिँदै गर्दा विद्यार्थीहरुले आफ्नो शैक्षिक गुणस्तर बढाउन सबैभन्दा पहिला डर र भ्रम हटाउनुपर्ने विद्यालयका प्रधानध्यापकहरु बताउँछन् ।

दोलखाको श्री कुटीडाँडा माध्यामिक विद्यालयका प्रधानाध्यापक शंकरलाल श्रेष्ठ भन्छन्, एसइई परिक्षाको कुरा गर्नुपर्दा पहिलाको तुलनामा विद्यार्थीहरुलाई अत्याउने तथा हतोत्साहित गराउने प्रवृत्तिको अन्त्य भएको छ । अहिलेको समयमा विद्यार्थीहरुलाई शान्त र मनोरम ढंगले कसरी अध्यापन गराउने, परिक्षामा उत्तिर्ण हुन शिक्षकले कसरी सघाउने सम्वन्धलाई विशेष महत्व राख्दछ ।

अहिलेको समयमा विद्यार्थीहरुलाई पढ्नकै लागि विभिन्न माध्यमहरु पनि उपलब्ध छन् । ती मार्फत पनि सन्दर्भ पुस्तकहरु अध्ययन गरेर रचनात्मक उत्तर दिन सक्ने हैसियत विद्यार्थीहरुले बनाउनुपर्दछ ।

त्यस्तै नियमित पढ्ने, अभ्यास गर्ने, पढ्दै मुख्य बुँदाहरू टिपोट गरी नोट बनाउने, पुराना प्रश्नहरु जम्मा पारी उत्तर खोज्ने प्रयास गर्ने तथा नयाँ ठाउँहरु अवलोकन गर्नु पनि विद्यार्थीका लागि आवश्यक रहेको उनको भनाई छ ।

त्यस्तै सीतापाइला माध्यामिक विद्यालयका प्रधानध्यापक अर्जुन गौतम परीक्षामा घोक्नु भन्दा बुझेर र विश्लेषण गरेर पढ्दा राम्रो हुने र उत्तर दिँदा पनि बुँदामा दिँदा राम्रो हुने बताउँछन् । त्यतिमात्र नभएर अध्ययन गर्दा कार्यतालिका बनाउने, समूहमा छलफल गर्ने र महत्वपुर्ण विषय भनेको उत्तर दिनुभन्दा पहिला प्रश्नलाई दोहोर्यार पढ्नुपर्ने उनको भनाई छ ।

विद्यार्थीहरुले सकेसमम्म सन्तुलित भोजन गर्ने, मानसिक तनाव नलिने सकेसम्म परिक्षाको समयमा शिक्षकसँग अझ नजिक रहेर अध्ययन गर्दा परिक्षामा सहज हुने पनि प्रधानध्यापक गौतमको भनाई छ ।

विद्यार्थी जीवनमा परीक्षा केवल ज्ञान, विवेक तथा व्यवहार बुझ्ने माध्यम भएका कारण निर्धक्क भएर परीक्षामा सहभागी हुन समेत शिक्षविद्हरु सुझाउँछन् ।