Logo

भवानी कार्की

बैशाख ५, २०८० मंगलबार

दोलखाका अधिकांस विद्यालय मर्ज गरिदैं, ग्रामिण भेगमा छैनन् विद्यार्थी


काठमाडौँ । यतीबेला देशैभरी विद्यार्थी भर्ना अभियान चलिरहेको छ । देशभरीका निजी तथा सामुदायीक विद्यालयले धमाधम विद्यार्थी भर्ना लिइरहेका छन् । आफ्नो विद्यालयमा विद्यार्थी संख्या बढाउन विद्यलयहरुले प्रचार–प्रसार समेत गरिरहेका छन् ।

पछिल्लो समय सामुदायीक विद्यालयमा धेरै सेवा सुविधा उपलब्ध छन् । कतिपय विद्यालयमा सेवा सुविधा कम भएपनि अधिकांश भौतिक संरचणा लगायत अतिरिक्त क्रियाकलापको लागि पनि सामुदायीक विद्यालय सुविधा सम्पन्न छन् ।

समुदयीक विद्यालयमा पढ्ने जेहेनदार देखी आर्थिक रुपमा कमजोर विद्यार्थीरुलाई छत्रवृत्ती तथा भर्ना फि लगायत अन्य सुविधा उपलब्ध छ । स–साना बालबालिकाहरुका लागि खाजा खर्च समेत उपलब्ध छ । त्यती मात्र नभएर पुस्तक तथा विद्यालयको पोषाक समेत कतिपय विद्यालयले उपलब्ध गराएका छन् ।

तर पछिल्लो समय समुदायीक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ । सहरीकरणको प्रभाव र निजी विद्यालयको आकर्षणले सामुदयीक विद्यालयमा विद्यार्थी घटेको मेलुङ गाउँपालिका अध्यक्ष हिरा थोकरको भनाई छ ।

अध्यक्ष थोकर भन्छन्, गाउँमा बच्चा नै छैनन् । अविभावकहरु सहर केन्द्रीत हुन थाले । कामका शिलशिलामा सहर पुगेका अविभावकहरुले बालबच्चा पनि उतै लगेका छन् । यसरी सहरीकरण  बढ्दै जाने हो भने सामुदायीक विद्यालय चल्नै गार्हो छ ।

त्यस्तै कालिञ्चोक गाउँपालिका भित्रका विद्यालयमा पनि विद्यार्थी कम भएकाले विद्यालय मर्ज गरेर सञ्चानलन गरिरहेको पालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले बागमती पेजलाई जानकारी दिए ।

तमाकोसी गाउँपालिकाको सेवा क्षेत्र भित्र रहेका विद्यालय मर्ज गर्दे त्यहाँका विद्यार्थीहरुलाई  पालिकाको सितापाइला माध्यमिक विद्यालयमा पठाउन आग्रह समेत गरेको छ ।

गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वस कार्कीले भौगोलिक विकटताका कारण विद्यालय मर्ज गर्न असम्भव रहेका कारण जहाँ जती विद्यार्थी छन् त्यती नै पढाउनुपर्ने स्थीति रहेको बताए ।

उनले भने, पछिल्लो समय सामुदायीक विद्यालयमा सेवा सुविधा सम्पन्न हुँदहुँदै पनि भोगोलिकता र समुदायीक विद्यालयको कम विश्वसनियताका कारण पनि विद्यार्थीको संख्या घटेको छ । लामो समय अध्यापन गराइसक्नुभएका शिक्षक शिक्षिकालाई आधुनिक शिक्षण सिकाई सम्बन्धी तालिमको खाँचो छ । यसका लागि पालिकाले योजना बनाइरहेको छ ।