Logo

बागमती पेज

बैशाख २८, २०८० बिहीबार

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन


काठमाडौँ । दोस्रो जनआन्दोलनमा घाईते भएका काभ्रेपलाञ्चोकका मुकेश कायस्थको निधन भएको छ ।

जिउँदा शहिद भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो । २०६२ साल चैत २७ गते आन्दोलनमा कायस्थको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो ।

१४ वर्षको कलिलो उमेरमा कञ्चटमा गोली लागेर ओछ्यानमा परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । बनेपा नगरपालिका ८ स्थायी घर भएका मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका थिए । दोस्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो ।

१४ वर्षमा गोली लागेर ओछ्यानमा परेका उनी १७ वर्षको उमेर पुग्दासम्म पनि अर्धचेत अवस्थामा थिए । निरन्तरको उपचारपछि बायाँ हात चलाउने, हाँस्ने, गिलो खानेकुरा खाने र ह्रिलचियरमा अडिन सक्ने भएका थिए ।

२०७५ मा अचानक विरामी परेपछि उनी फेरी अर्धचेत भएका थिए । लामो समयदेखि शिर मेमोरियल अस्पतालमा उपचारत कायस्थको हिजो साँझ निधन भएको हो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेका लागि ६ हजार २ सय भत्ता र एक जना नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।