Logo

बागमती पेज

जेष्ठ २६, २०८० शुक्रबार

कांग्रेसले चुनाव जिते पनि नेता-कार्यकर्तामा चैन छैन : अजयबाबु शिवाकोटी


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी चिन्तनमा चिन्ता मिसिएको पाउन थालिएको बताएका छन् । कांग्रेस धनकुटाको प्रथम जिल्ला सम्मेलनलाई बिहीबार सम्बोधन गर्ने क्रममा नेता शिवाकोटीले गाउँतहमा कांग्रेसजनकै चिन्तनले कांग्रेस बाँचेको उल्लेख गर्दै पछिल्लो समय यो चिन्तनमा चिन्ता मिसिएको पाइन थालेको बताएका हुन् ।

उनले कांग्रेसले बाटो बिराउँदै गएको प्रसङ्ग जोड्दै भने, ‘हामीले बाटो बिराएको कुरा हुन थालेको छ । संसदमा पहिलो पार्टी भएर पनि कांग्रेस किन तेस्रो पार्टीको पाउमा परेको छ ।

चुनावमा गठबन्धन गर्नु कांग्रेसका लागि स्वभाविक नभएको दाबी गर्दै शिवाकोटीले भने, ‘प्रि–पोल यलायन्स गर्ने निर्णय भए यता चुनाव जिते पनि चैन छैन, मनमा छटपटी छ ।’

उनले लोकतन्त्रकै लागि लडेका दलका मूल नेताहरु कतै प्रतिगमनर्फ त गएका छैनन् रु भनी प्रश्न उठ्न थालेको बताए । उनले कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै पार्टी विधिविधानअनुसार नचल्नु दुर्भाग्य भएको जनाए ।

शिवाकोटीले ‘कांग्रेस हाम्रो हो, कांग्रेस हाम्रो भविष्य हो’ भन्ने लक्ष्य लिएर कांग्रेस रुपान्तरणमा युवाहरु होमिनु जरुरी रहेको बताए । उनले कांग्रेसको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई एकपछि अर्को विवादित निर्णयमा फस्न भन्दा जनहितमा निर्णय गर्न सुझाव दिए ।