काठमाडौँ । नेकपा एमाले बुढानिलकण्ठ संसदीय दलको प्रवक्तामा टिका नारायण श्रेष्ठ चयन भएका छन् । मंगसिर १७ गते बसेको नेकपा एमाले बुढानिलकण्ठ संसदीय दलको बैठकले श्रेष्ठलाई प्रवक्तामा चयन गरेको हो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्षमा निर्वाचित भएका श्रेष्ठलाई संसदीय दलको महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ ।
नेकपा एमाले बुढानिलकण्ठ संसदीय दलको नेतामा नगर प्रमुख मिठाराम अधिकारी रहेका छन्, भने उपप्रमुख अनिता लामा उपनेता रहेकी छन् ।
स्थानीय तहको निर्वाचनमा नेकपा एमाले १० वडा अध्यक्ष सहित बहुमत पदमा विजयी बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्