काठमाडौँ । प्रत्येक नागरिकले सामाजिक दायित्व महसुस गरेर योगदान गरे मात्र “स्वच्छ भीमेश्वर, सफा भीमेश्वर” अभियान सफल हुने भीमेश्वर नगरपालिका प्रमुख ईश्वर नारायण मानन्धरले विश्वास व्यक्त गरेका छन् । नगरमा अत्याधुनिक मेसिन भित्रियसँगै फोहोरलाई मोहोरमा परिणत गर्ने भन्दै मानन्धरले सबैको साथ सहयोग रहे सफल हुने बताएका हुन् ।
भीमेश्वर नगरपालिका भित्र रहेको फोहोरलाई मोहोरमा परीणत गर्ने योजना अनुरुप एक वर्ष भित्र फोहोर ब्यबस्थापन गर्न सफल हुने र फोहोर सरसफाई केन्द्रलाइ फोहोर सरसफाइ ज्ञान केन्द्रको रूपमा अगाडि बढाउने समेत बताएका छन् ।
प्रमुख मानन्धरले फोहोरमैला सङ्कलन केन्द्र, स्थानान्तरण केन्द्र वा प्रशोधन स्थलमा फालिएको वा राखिएको फोहोरमैला वा सरसफाइको सिलसिलामा जम्मा भएको फोहोरमैलाको प्रबन्ध गर्ने, कुनै पनि किसिमबाट प्रयोग गर्ने जिम्मेवारी स्थानीय निकायको हुने व्यवस्था अनुरुप नगर तथा जिल्लाभरको वातावरणलाई स्वच्छ, सफा र हराभरा राखिराख्न नगरले निरन्तर वातावरण मैत्री क्रियाकलापहरु गरीरहने जनाए ।
दोलखाको भीमेश्वर नगरपालिकाले बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय अन्तर्गत नवप्रवर्द्धन साझेदारी कोष कार्यक्रम मार्फत १ करोड ४२ लाख (७० प्रतिशत) र भीमेश्वर नगरपालिकाको ६१ लाख (३० )प्रतिशत गरी कुल २ करोड ३ लाख लागत साझेदारीमा सडक बिस्तार, ट्रस ,गेट लगायतका संरचना समेत निर्माण भइ अत्याधुनिक प्रविधि सहितको फोहोर सरसफाई केन्द्र सन्चालनमा ल्याएको छ ।
भीमेश्वर नगरपालिका वडा न ६ सिम्पानी सामुदायिक बन रामकोट क्षेत्र भित्र भीमेश्वर नगरपालिका भित्रका फोहोरलाई स्रोतमा परिणत गर्ने अत्याधुनिक प्रविधि सहितको मेसनहरु संचालनममा आएको इन्जिनियर एवंम् फोहोरमैला व्यवस्थापन फोकलपर्सन नारायण शिवाकोटीले जानाकारी दिनु भयो
नगरपालिकाले हाल कुहिने र नकुहिने फोहोरलाई संकलन पुनः बर्गीकरण गरि प्लास्टिक झोला ,प्लास्टिक बोतल धातु जन्य फोहोर कागज काटुन वा अन्य नकुहिने फोहोर अलग अलग छुट्याइ पुनरचक्रमा पठाउने, प्लास्टिकमा भएको फोहोरलाई सफा गर्ने त्यसलाई कम्यक्सन गरेर पुनरचक्रनमा पठाउने, प्लास्टिकको बोतल टुक्रा पार्ने मेसनबाट टुक्रा बनाउने र पुनरचक्रनमा पठाउने, कागजजन्य लगाएतको फोहोरलाई कम्यक्सन गरेर पुनरचक्रनमा पठाउने र सिसा जन्य फोहोरलाई सिसा टुक्रा बनाउने र बाकि रहेको २५ प्रतिशत फोहोरलाई सुरक्षित तरिकाले विसर्जन गरी ब्यबस्थापन गर्ने फोकलपर्सन शिवाकोटीले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाको फोहोर व्यवस्थापनको लागि नगरपालिकामा नेतृत्व स्तरमा छलफल ,टोल विकास संस्था लागाएका सरकारवाला संग स्थानीयस्तरमा गइ छलफल, स्रोतमा नै फोहोर छुट्याइएर सहयोग गर्ने घरदैलो अभिनयन संचालन , स्थानीय रेडियो मार्फत सरसफाई सम्बन्धि सुचना प्रवाह प्रत्येक टोलमा सर्वसाधारण जनताको लागि कुहिने , नकुहिने र सिसा जन्य फोहोर सङ्कलन गर्ने तालिकाको बारेमा जानकारी गरि अनुगमन, मुल्यांकन र पृष्टपोषण प्रदान कार्य समेत संचालनगर्ने गरेको भिमेश्वर नगरपालिकाले जानकारी दिएको छ।
भीमेश्वर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुहिने नकुहिने र सिसा जन्य फोहोरलाई अलग अलग छुट्यान ५ जना ,२ सवारी चालक, १ सुपरभाइजर, प्रत्येक सवारी साधन २ जना सरसफाई कर्मचारी सहित जम्मा १२ जना कर्मचारी नियुक्त गरिएको भीमेश्वर नगरपालिकाले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्