काठमाडौं । तारकेश्वर नगरपालिकाको कार्यवाहक नगरप्रमुखमा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जिम्मेवारी पाएकी छन् ।
नगरप्रमुख कृष्ण हरि महर्जन एक साताका लागि भारत भ्रमणमा जानेभएकाले उपप्रमुख बुर्लाकोटीलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिएका हुन् ।
नगरप्रमुख महर्जनले आइतबार देखि काठमाण्डौं नआइपुगे सम्मका लागि उपप्रमुखलाई कार्यवाहकको अधिकार दिएको तारकेश्वर नगरपालिकाको प्रशासन शाखा अधिकृत रचना शर्माले बताए ।
नगरप्रमुख महर्जनको भारत भ्रमणका क्रममा व्यवसायीक र राजनैतिक भेटघाट हुनेछ । भ्रमणका क्रममा तारकेश्वर नगरपालिकामा भारतीय लगानी भित्र्याउने बिषयमा भारतका व्यवसायी तथा राजनैतिक व्यक्तित्वहरुसंग समेत छलफल हुने बताइएको छ । नगरप्रमुख महर्जनको भारत भ्रमणका लागि हुने सम्पुर्ण खर्चहरु आफैले व्यहोर्ने बताएका छन् । यस अघि गतबर्ष फोहरमैला र ढल व्यवस्थापन लगायतको बिषयमा जापानमा अबलोकन भ्रमणमा भएको सम्पुर्ण खर्चहरु नगरप्रमुख महर्जन आफैले व्यहोरेका थिए ।
तारकेश्वर नगरपालिकाको प्रमुख भए यता महर्जनले पाएको तलब र भत्ताहरु अपांगता भएका व्यक्ति, बिपन्न र गरिब नागरिकहरुलाई सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्