Logo

बागमती पेज

आश्विन १५, २०८० सोमबार

प्रदिपको अनमोल लक्षित टिप्पणीः भन्छन्, बिहेपछि दुलही फिर्ता लैजाउ भन्न पाइँदैन


काठमाडौँ । आपराधिक विश्वासधात गरेको आरोपमा चलचित्र निर्माता सुदर्शन थापाले अभिनेता अनमोल केसीलाई प्रहरी हिरासदमा पुर्याएपछि यतीबेला चर्चाको विषय बनिरहेको छ । अभिनेता अनमोल केसीका फ्यानहरु उनिमाथी लागेको आरोपमा दुखित पनि भएको देखिन्छ ।

समाजिक सञ्जालमा अनमोलको विषयलाई लिएर धेरैले टिकाटिप्पणी गरिरहेको समयमा नायक अनमोल केसीले अनमोललाई ईकिंत गर्दै स्टाटस लेखेका छन् । उनले लेखेको स्टाटस अनमोल लक्षित छ भन्दा फरक नपर्ला । यद्यपि, उनले कसैको नाम भने लिएका छैनन् । भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणीसमेत गरेका छन् ।

खड्का लेख्छन्, ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो कानूनले वर्जित क्रियाकलाप फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’

चलेका कलाकारले कुनै पनि फिल्म खेल्ने समझदारीपछि अग्रीमरूपमा केही पेश्की रकम लिने गर्छन् । अनमोलले ‘रावायण’ का निर्माताबाट १० लाख रूपैयाँ लिएका थिए । उनले फिल्म नखेल्ने भएपछि सो रकम फिर्ता गर्न चाहे पनि निर्माता निर्देशक थापाले लिन मानेका थिएनन् । त्यही एड्भान्स रकमलाई खड्काले अमिल्दो गरी ‘दाइजो’ सँग तुलना गरेका हुन् ।

यसमा खड्काको आशय निर्माताको खर्च भएको भनिएको रकम ९ एक करोडभन्दा बढी दाबी गरिएको को आधा अनमोलले क्षतिपूर्ति गर्नुपर्छ भन्ने देखिन्छ । तर, स्मरणीय के छ भने अनमोलले ‘रावायण’ का निर्मातासँग लिखित सम्झौता गरेका थिएनन् । केवल मौखिक समझदारीका आधारमा उनले १० लाख पेश्की लिएका थिए । त्यसैले उनले दिएको ‘विवाह’ र ‘सुहागरात’ वाला दृष्टान्त पनि यहाँ मेल खाँदैन ।

खड्काको थप भनाइ यस्तो छ:

बुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफूले जिते सम्झेर रमाउन त सक्लाउ, एकतिर उन्नत समाजले सामान्य मानेर दुलही स्वीकार्न पनि समस्या नहोला, तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ ।

खैर १ चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानूनले दिलाउने पनि त्यही नै हो । ५ र ७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नि १

यो पल्टको अलि र्गाहो खाल्की छे भन्ने बुझ्न पर्ने ।

चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको बीचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नबुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान्, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान् र जिन्दगी हुन सक्छ । खेलको बीचबीचमा रुवाबासी गर्नु भन्दा मैदान पस्न अगाडि सोचेर निर्णय गरौं ।

कानून राजको विकल्प छैन ।

यो स्टाटसमा थुप्रै नकारात्मक प्रतिक्रिया आएपछि प्रदीपले अलिकति मिलाउने प्रयास गरेका छन् ।

उनी थप्छन्, ‘विवाह -प्रतिवद्धता_पनि डिभोर्समा जेल हुन्छ जस्तो लागेन अंश –क्षतिपूर्ति_ चै हुन्छ है । आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ ।