मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मेष राशि भएका व्यक्तिहरूका लागी २०८२ साल मध्यम फलदायी वर्ष रहनेछ । वर्षा आरम्भमा बृहस्पति र केतुको शुभ गोचरका कारण लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ ।
बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । असोजको तेस्रो साताबाट पौष महिना भरि शनि बक्रि भएर लाभ भावमा गोचर गर्ने र वर्षभरि नै राहुको गोचर पनि लाभ भावमा नै रहने हुनाले उत्पादनमुखी व्यवसाय फस्टाएर जानेछ । सवारी साधन, निर्माण सामाग्री, फलाम तथा हार्डवेयरसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्कापट्टा तथा कन्स्ट्रक्सन क्षेत्रमा समय दिनेहरूका लागी यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ ।
ज्येष्ठ महिनाबाट वर्ष भरिनै वृहस्पतिको गोचर पराक्रम भावमा र सुख भावमा हुनेछ । त्यस्तै केतु सन्तान भावमा गोचर गर्ने हुनाले कार्यक्षेत्रमा विवाद बढ्ने, नोकरी छुट्ने तथा दुर्गम स्थानमा स्थानान्तरणको योग रहेको छ । आफन्त, घरपरिवार तथा मित्रबाट धोका तथा असहयोगको सामना गर्नुपर्नेछ । लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । बसाई सरि अन्यत्रै जानु पर्ने बाध्यता आउनेछ । नियमसंगत काम नगर्दा राज्यबाट मुद्दा लाग्ने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ । असोजको दोस्रो सातासम्म र माघ महिनाबाट शनिको आद्य साढेसाती दशाको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरूका लागी समयले साथ दिने छैन । बिचौलियाको फन्दामा परिनेछ । विभिन्न समस्या आइपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुने तथा शरीर कमजोर हुने समस्या आइपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तर पनि जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा ३, ६, ११ भावमा हुनेहरूका लागी भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ ।
कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले व्यापार भावमा गोचर गरि मालव्य नामको पञ्च महापुरुष योगको निर्माण गर्ने हुनाले महँगा तथा विलासी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । साङ्गीतिक माहौलमा सहभागी हुन लामो दूरीको यात्रा हुनेछ । विपरीत लिङ्गबाट उपहार प्राप्तिको गतिलो योग रहेको छ । सेना, प्रहरी ,डाक्टर, पाइलट, होटल व्यवसायी, वैज्ञानिक, अनुसन्धानकर्ता, खनिज पदार्थको कारोबार तथा तथा घरजग्गा सम्बन्धी काम गर्नेहरूका लागी वर्ष विशेष फलदायी रहनेछ ।
विधिपूर्वक वृहस्पतिको लागी माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागी बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ । शनिको लागी महाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ । आर्थिक दृष्टिले असार, असोज, माघ र फाल्गुन अन्य महिना भन्दा शुभ रहनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
वृष राशि हुने व्यक्तिहरूका लागी यो वर्ष बृहस्पति, शनि र राहुको गोचर शुभ रहने हुनाले परिस्थिति अनुकूल बन्ने तथा भाग्यले साथ दिनेछ । स्कुल, कलेज तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरि घरजम गर्न सकिनेछ । घर परिवारमा शुभ तथा माङ्गलिक कार्य हुने तथा सन्तान सुख पाइनेछ । लामो दूरीको धार्मिक यात्राको तय गर्न सकिनेछ । जन्म कुण्डलीमा बृहस्पति बलियो अवस्थामा हुनेहरूका लागी तार्किक क्षमतामा वृद्धि हुने तथा धार्मिक कार्य र कल्याणकारी काममा मन जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
पैतृक धन सम्पत्ति तथा प्राकृतिक स्रोत साधनको प्रयोगले आयस्रोत बलियो हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आफ्नो प्रस्तुति देखाउन देश विदेशको यात्रा गर्न सकिनेछ । समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ठ सम्बन्ध बनाई राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सरकारी नोकरीमा प्रवेश, पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् भने लामो समय देखिको विवाद अन्य हुनेछ । कम्प्युटर पार्टस्, इलेक्ट्रिक सामान, इन्जिन, हार्डवेयर, फ्याक्ट्री, फार्मेसी तथा उत्पादन मुखी व्यवसाय विगत भन्दा फस्टाएर जानेछ । राहुको शुभ प्रभावले ब्रोकर सम्बन्धी काम गर्नेहरूले यो वर्ष प्रशस्त धन तथा सम्पत्ति कमाउने योग रहेको छ । वैदेशिक व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । पर्यटन, कमर्स, वकालत, मन्त्री, प्रशासनिक तथा सरकारी क्षेत्रबाट विशेष लाभ लिन सकिनेछ । गीत सङ्गीतमा विशेष रुचि हुनेछ भने फिल्म, मोडलिङ, फेसन डिजाइनिङ, गल्यामरस जस्ता क्षेत्रमा प्रगति गर्ने तथा विलासी जीवन व्यतीत गर्न सकिनेछ ।
कार्तिक १२ गतेबाट मंसिर २३ गतेसम्म केन्द्रमा मंगलले रुचक नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले खनिज पदार्थको व्यापारमा वृद्धि हुने, वैदेशिक यात्राको काम तीव्र गतिमा अगाडी बढ्ने तथा सुरक्षा क्षेत्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । विद्युत् प्राधिकरण, आयल निगम, आईटी तथा ईन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
तर पनि केतुको अशुभ प्रभावले आमाको स्वास्थ्यमा समस्या आउने, परिवारजन तथा अग्रजहरूसँग विवाद बढ्ने, घरजग्गा सम्बन्धी काममा वा पैतृक सम्पत्तिमा किचलो हुने प्रबल सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसायबाट आंशिक लाभ हुनेछ । स्वास्थ्यका दृष्टिकोणका आधारमा वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् । आर्थिक दृष्टिले साउन, कार्तिक, फागुन र चैत महिनामा विशेष लाभ हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मिथुन राशि भएकाहरूका लागी वर्ष २०८२ सामान्य फलदायी रहनेछ । राजनीति गर्नेहरूले जनताको गतिलो समर्थन पाउनेछन् भने राज्यबाट पद पाउने अधिक सम्भावना रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नतिको गतिलो सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय खर्चिनेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । घरजग्गाको खरिद बिक्रीबाट प्रशस्त नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । जोस जाँगर बढ्ने तथा इच्छाशक्तिमा वृद्धि भएर जानेछ । माया प्रेममा फक्रन लागेका कोपिलाहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गरि घरजम गर्न सकिनेछ । घर परिवारमा आफन्त तथा कुटुम्ब सबैको सहयोग तथा समर्थन पाइने हुनाले मन प्रसन्न रहनेछ ।
वर्षभरि नै भाग्य र राज्य भावमा भावमा गोचर गर्ने शनि र राहुको प्रतिकुल प्रभावले विभिन्न अवसर आए पनि आफ्नै कमजोरीले पछि परिनेछ । न्यायालयबाट हुने न्याय सम्पादन तपाईँको विपक्षमा फैसला हुनेछ । लामो दूरीको यात्रा हुने तथा गन्तव्यमा पुगिसकेपछि परिस्थिति असहज बन्नेछ । मनमा पापीय मनोवृत्ति बढ्ने तथा अरुकै उक्साहटमा नराम्रो काम गर्दा सरकारी पक्षलाई दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । दाजुभाइसँग स्थायी सम्पत्तिमा विवाद हुने तथा सम्पत्ति बाँडफाँडको लागी अदालतको सहारा लिनु पर्ने हुनसक्छ । नोकरी वा व्यवसाय परिवर्तन हुने तथा परिवर्तित नोकरी वा व्यवसायबाट भनेजस्तो लाभ हुने छैन । साझेदारी व्यवसायमा साझेदारहरू बिच नै सैद्धान्तिक राय बाझिनेछ । जन्डिस, सुगर, मोटोपन, पत्थरी तथा मिर्गौला जस्ता रोगबाट पीडित हुनेहरूले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाब सिर्जना हुनेछ ।
वैशाख १२ गतेबाट ज्येष्ठ १७ गतेसम्म शुक्रले राज्यभावमा बसेर मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट लाभ मिल्ने, नोकरीमा नढुवा वा सुगम स्थानमा स्थानान्तरण हुनेछ । गीत संगीत वा साहित्य क्षेत्रमा काम गर्नेहरूका लागी थाती रहेको काम पुरा गर्ने तथा यात्रा गर्ने अवसर जुर्नेछ । जेष्ठ २३ गतेबाट असार ९ गतेसम्म र भाद्र ३० गतेबाट असोज १५ सम्म बुधले केन्द्रमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यबाट पद प्राप्तिको गतिलो योग रहेको छ । व्यापार वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । साहित्य क्षेत्रमा बाकी रहेको कामहरूलाई तीव्रता दिन सकिनेछ । ईन्फर्मेसन टेक्नोलोजी, सफ्टवेयर डिजाइनिङ, स्टक एक्चञ्ज, चार्टर एकाउन्टेन्ट, वाणिज्य, व्यापार, हास्य व्यङ्ग्य, चलचित्र क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ ।
शनिको नकारात्मक प्रभावबाट बच्नको लागी महाकाल तथा काली भगवतीको पूजा आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वर्षभरि राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार, कार्तिक, मंसिर तथा चैत्र महिना लाभदायक रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
वर्षको अधिकांश समय खर्च भावमा वृहस्पतिको गोचर प्रतिकुल रहनेछ । आर्थिक क्रियाकलापमा मन्दी आउनेछ भने काममा अवरोध, तीव्र आलोचना, परिवारमा मतभेद रहनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । तर पनि वैशाख महिना र असोजको तेस्रो साताबाट मंसिर महिनाभरि लाभ भावमा गोचर गर्ने वृहस्पतिको शुभ प्रभावले प्रयत्न गर्दा इन्जिनियरिङ, दुग्ध पदार्थ, शोध, लेखन, कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा, अध्ययन अध्यापन, योग ध्यान, अध्यात्मजस्ता क्षेत्रमा काम गर्नेहरूका लागी समय राम्रो रहेको छ । प्रेम सम्बन्धहरू विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ । स्कुल, कलेज, कन्सल्टेन्सी, फार्मेसी, अस्पताल, ट्राभल एजेन्सी , तरल पदार्थ, हाइड्रोपावर, अनलाइन व्यापार, प्राकृतिक स्रोत साधनको व्यापार व्यवसायमा समय लगानी गर्नेहरूले नाफा कमाउन सक्नेछन् । सेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पुरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ । धन भावमा केतुको गोचर शुभ रहनाले मान सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानको भाग्यमा अचानक वृद्धि हुने तथा धन सम्पत्तिमा बढोत्तरीको योग रहेको छ ।
वर्ष भरिनै कष्ट भावमा गोचर गर्ने राहुको प्रतिकुल प्रभावले गम्भीर रोग लाग्न सक्छ ध्यान दिनुहोला । सवारी साधनको प्रयोग ख्याल नगरे अप्रिय घटना नघट्ला भन्न सकिन्न । असोजको तेस्रो साताबाट पौष महिनाभर शनिको अढैया दशाको प्रभावले मुद्दा मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । साझेदारी व्यवसायमा साझेदारहरू बिच नै सैद्धान्तिक राय बाझिनेछ भने भौतिक सम्पत्तिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाब सिर्जना हुनेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला । जन्मकुण्डलीमा शनि र राहु प्रतिकूल हुनेहरूलाई झुटा आरोप, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्या आइरहनेछन् । तर पनि जन्म कुण्डलीमा शनि स्वगृह, उच्च तथा ३, ६, ११ भावमा भए शनिको अढैया शुभ रहनेछ ।
कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले सुख भावमा गोचर गरि मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्रीबाट आर्थिक उन्नति गर्न सकिनेछ । जग्गाजमिन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । फिल्मी तथा मनोरञ्जन क्षेत्रबाट आर्थिक उन्नति गर्न सकिनेछ ।
शनिको नकारात्मक प्रभावबाट बच्नको लागी महाकाल तथा काली भगवतीको पूजा आराधना गरि पीपलमा जल चढाउँदा फाइदा हुनेछ । वर्षभरि राहु तथा केतुको नकारात्मक फलबाट बच्न राहु केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले वैशाख, जेठ, असोज र पुस महिना अधिक शुभ फलदायी रहनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सिंह राशि हुने व्यक्तिहरूका लागी वर्ष २०८२ को अधिकांश समय शुभ रहनेछ । वृहस्पति ग्रहको शुभ प्रभावको कारण सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, शेयर बजार र बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । विद्यार्थी वर्गहरूले विद्या तथा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ भने अध्ययन तथा कामको सिलसिलामा देश विदेशको यात्रा हुनेछ ।
माया प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ भने उपहार तथा चिट्ठा प्राप्तिको योग रहेको छ । इच्छित चाहना तथा मनोकामनाहरू पुरा हुनेछन् । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तान सुख पाइनेछ । राशिमा केतु र व्यापार भावमा राहुको गोचर शुभ रहने हुनाले अचानक सन्तानको भाग्योदय हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ भने यात्रासँग सम्बन्धित कामबाट लाभ लिन सकिनेछ ।
वर्षको अधिकांश समय शनिको अढैया दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरूसँग विवाद बढ्नेछ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा नहुन सक्छन् । घर छोडेर टाढाको कष्टकार यात्रा हुनेछ । राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ । खराब व्यक्तिको सङ्गतले मान तथा प्रतिष्ठामा आँच आउने तथा विभिन्न किसिमका समस्याहरूको सामना गर्नुपर्नेछ । तर पनि जन्म कुण्डलीमा शनि उच्च, स्वगृह, मित्र गृह तथा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ । असोजको तेस्रो साताबाट पौष महिनाभर शनि व्यापार भावमा गोचर गर्ने हुनाले सवारी साधन वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घटना नहोला भन्न सकिन्न । कार्यक्षेत्रमा अपजस तथा नोकरीमा दुर्गम स्थानमा स्थानान्तरणको योग रहेको छ ।
कार्तिक १२ गतेबाट मंसिर २३ गतेसम्म केन्द्रमा मंगलले रुचक नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले राज्यको निकायमा नियुक्ति, सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । राज्यबाट मान सम्मान पाउने तथा लामो दूरीको यात्राको योग रहेको छ । स्थायी सम्पत्तिमा बढोत्तरी वा घरजग्गा जोड्न सकिनेछ । कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले राज्य भावमा गोचर गरि मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्रीबाट आर्थिक उन्नति गर्न सकिनेछ । जग्गाजमिन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । राज्यबाट सम्मान पाइने तथा आर्थिक उन्नति हुनेछ । प्रशासनिक कार्य, सेना, प्रहरी, गुप्तचर, सुरक्षा सङ्गठन, उद्योग, व्यवस्थापन, मेडिकल, राजनीति, अध्यात्म, ज्योतिष जस्ता क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ । आर्थिक दृष्टिकोणले जेठ, असार, कार्तिक र माघ महिनामा उपलब्धिमूलक रहनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
कन्या राशि हुनेहरूका लागी वर्ष २०८२ शुभ रहनेछ । वर्षभरि नै वृहस्पतिको गोचर शुभ रहने हुनाले खोज तथा अनुसन्धानकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनीति तथा कल्याणकारी क्षेत्रमा समय लगानी गर्नेहरूले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुविधा पाउने ग्रहयोग रहेको छ । राज्यको निकायमा बसेर काम गरिरहेका हरूले अनुकूल स्थानमा सरुवा तथा कार्यकारी पदमा बसी देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । कुनै पनि पेसा व्यवसायमा समय खर्चिने हरूले मनग्गे आम्दानी गर्न सक्नेछन् । विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ भने लामो समय देखि प्रेममा रहेकाहरूले आफ्नो सम्बन्धलाई आत्मीयता थप गर्ने अवसर प्राप्त हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
वर्षको अधिकांश समय शनिले व्यापार भावमा शश नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले र शनि अनुकूल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानीका
स्रोतहरू बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरूका लागि समय उत्तम रहेको छ । साङ्गीतिक क्षेत्रका काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउने तथा लामो दूरीको यात्राको योग रहेको छ । तर पनि दाम्पत्य भावमा शनिको गोचरले पति पत्नी बिच विचारमा बेमेल तथा मनमुटाब बढाउनेछ । असोज तेस्रो साताबाट पौष महिनाभरि प्रतिस्पर्धा भावमा गोचर गर्ने शनि र त्यही भावमा वर्षभरि नै गोचर गर्ने राहुको शुभ प्रभावले शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । विदेश भावमा केतुको गोचरले खर्च बढाए पनि काम वा अध्ययनको सवालमा लामो दूरीको यात्राको तय हुनेछ ।
जेष्ठ २३ गतेबाट असार ९ गतेसम्म र भाद्र ३० गतेबाट असोज १५ सम्म बुधले केन्द्रमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ । साहित्य लेखनमा बाकी रहेको कामहरू सकाई प्रकाशित गर्न सकिनेछ । हास्यव्यङ्ग्य क्षेत्रमा दर्शको मन जित्न सकिने तथा फिल्मी क्षेत्रमा स्थापित भई नाम र दाम दुवै कमाउन सकिनेछ । आर्थिक दृष्टिकोणले असार, साउन, मंसिर र फाल्गुन महिना लाभदायक रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तुला राशि हुने व्यक्तिहरूका लागी वर्ष २०८२ शुभ रहनेछ । जेष्ठ महिनाबाट वर्षभरि नै वृहस्पतिको शुभ प्रभावले अध्ययन वा कामको सवालमा लामो दूरीको यात्रा हुनेछ । नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानमा स्थानान्तरणको ग्रहयोग रहेको छ । बैक तथा वित्तीय क्षेत्र, शिक्षा क्षेत्र, लेखा तथा राजस्वको क्षेत्रमा नियुक्ति तथा बढुवा हुने योग रहेको छ । संवैधानिक अङ्ग तथा राज्यको माथिल्लो पदमा छोटो समयको लागी नियुक्ति हुनेछ । मौसम अनुकूल भइदिनाले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरि लाभ लिन सकिनेछ । नयाँ उद्योग तथा व्यवसाय सुरु गरि आर्थिक लाभ लिन सकिनेछ । घरजग्गा सवारी साधन तथा सामाजिक पद प्रतिष्ठा जोड्न सकिनेछ । मन मिल्ने प्रेमपात्र पाइनाले अविवाहितहरूको लगनगाँठो कसिने बलियो सम्भावना छ । साहित्य, गीत सङ्गीत, मोडलिङ पेसा व्यवसायमा चासो बढ्नेछ । विशेषतः फिल्म, नृत्य, लेखन क्षेत्रमा आफूलाई अब्बल साबित गर्न सकिनेछ । कूटनीति, परराष्ट्र, राजनीति , राजदूत वा यस्तै कार्यमा यो वर्ष स्थापित भइनेछ ।
वर्षको अधिकांश समय प्रतिस्पर्धा भावमा गोचर गर्ने शनि र त्यही भावमा वर्षभरि नै गोचर गर्ने राहुको अनुकूल प्रभावले वादविवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरूले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्स्ट्रक्सन क्षेत्रमा समय दिनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । विद्युत् प्राधिकरण, आयल निगम, आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरि काम गर्ने अवसर प्राप्त हुनेछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । लाभ भावमा वर्षभरि नै गोचर गर्ने कुतुको प्रभावले प्राकृतिक स्रोत साधनको प्रयोग तथा पैतृक धन सम्पत्तिको प्रयोग आए आर्जनलाई बढाउन सकिनेछ ।
कार्तिकको दोस्रो साताबाट मंसिरको पहिलो सातासम्म केन्द्रमा शुक्रले मालव्य योगको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्री तथा मर्मत कार्यबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । माघ महिनाको ४ गतेबाट फाल्गुन १३ गतेसम्म मंगलले केन्द्रमा गोचर गरि रुचक नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले खनिज पदार्थको व्यापारमा वृद्धि हुने, वैदेशिक यात्राको काम तीव्र गतिमा अगाडी बढ्ने तथा सुरक्षा क्षेत्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेको छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
वृश्चिक राशि हुने व्यक्तिहरूका लागी वर्ष २०८२ मध्यम रहेको छ । वर्षको अधिकांश समय सन्तान भावमा गोचर गर्ने राहु र शनिको प्रतिकुल प्रभावले व्यापार व्यवसायमा मन्दी आउनेछ भने आर्थिक व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । छोरा छोरीसँग शत्रुता बढ्नेछ । सन्तानको स्वास्थ्यमा खराबी आउन सक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा खासै मन नजाँदा नतिजा अरूकै पोल्टोमा पर्नेछ । आर्थिक रूपमा सबल हुने योजनाहरू बने पनि कार्यान्वयनको चरणमा लैजान मुस्किल रहेको छ । असोजको तेस्रो साताबाट पौष महिनाभर शनिको अढैया दशाको प्रभावले यात्रा कष्टकर हुनेछ । कृषि, पशुपालन व्यवसाय खस्केर जानेछ । आमा वा आफन्तको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्नेछ । घरजग्गामा विवाद वा रियलस्टेट सम्बन्धी काममा घाटा लाग्नेछ । जनताको आलोचनात्मक समर्थन रहनेछ । तर पनि जन्म कुण्डलीमा शनि बलवान हुनेहरूका लागि भने शनिको अढैयाले फलिफाप नै हुनेछ ।
अधिकांश समय कष्ट भावमा गोचर गर्ने वृहस्पति र राज्य भावमा भावमा केतुको प्रतिकुल प्रभावले दीर्घकालीन रोगले सताउन सक्छ ध्यान दिनुहोला । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरूले विशेष ख्याल गर्नुपर्नेछ । अध्ययनमा समय दिन नसकिने वा बाधा हुनेछ । पुराना तथा नयाँ कामहरू बिचमा छोड्नु पर्दा आर्थिक अभाव बढ्नेछ । व्यापारमा घाटा, घरजग्गा कारोबारमा मन्दीको सामना गर्नुपर्नेछ । नोकरीमा अपजस तथा आर्थिक अपचलनको मुद्दा लाग्ने वा दुर्गम स्थानमा स्थानान्तरण हुने प्रबल सम्भावना रहेको छ ।
र, पनि वैशाख महिनाभर र असोज तेस्रो साताबाट मंसिर महिनाभर वृहस्पतिको अनुकूल प्रभावले व्यापार व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । विशेष गरि पर्यटन, यात्रा, स्कुल, कलेज, शेयर बजार बैक तथा वित्तीय जस्ता क्षेत्रमा लगानी बढाई मनग्गे आम्दानी गर्न सकिनेछ । शुभ कार्यमा खर्च हुनेछ । समाजमा राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगारको खोजीमा हुनेहरूले नोकरीमा प्रवेश पाइनेछ । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । व्यापार बिस्तार तथा अध्ययनको सिलसिलामा देश विदेशको यात्रा हुनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने लामो समय देखि माया प्रेम गर्ने जोडीहरूले आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ ।
कार्तिकको दोस्रो साताबाट मंसिरको पहिलो सातासम्म केन्द्रमा शुक्रले मालव्य योगको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्री तथा मर्मत कार्यबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । कार्तिक ११ देखी मंसिर २२ गतेसम्म मंगलले केन्द्रमा रुचक नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले खनिज पदार्थको व्यापारमा वृद्धि हुने, वैदेशिक यात्राको काम तीव्र गतिमा अगाडी बढ्ने तथा सुरक्षा क्षेत्रमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । प्राधिकरण, आयल निगम, आईटी तथा इन्जिनियरिङ फिल्डमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । स्वास्थ्य क्षेत्रको जागिर वा कामबाट मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ ।
आर्थिक वा सामाजिक दृष्टिकोणले साउन, भदौ, पुस र चैत महिना शुभ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनु राशि हुनेहरूका लागी वर्ष २०८२ आर्थिक दृष्टिकोणले राम्रो रहे पनि सामाजिक तथा स्वास्थ्यको दृष्टिकोणले मध्यम रहेको छ । असोज दोस्रो सातासम्म र माघ महिनाबाट वर्षभरि नै शनिको अढैया दशाको प्रभावले झूटा आरोपहरू लाग्ने, कार्यमा ढिलासुस्ती, मान सम्मान तथा इज्जत प्रतिष्ठामा आघात पुग्ने, मानसिक चिन्ता तथा स्वास्थ्य सम्बन्धी समस्या देखा पर्ने र आर्थिक स्थिति कमजोर हुनेछ । स्थानान्तरणको अधिक सम्भावना रहेको छ भने जन्मथलो छोडेर लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरूले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार
खर्च बढ्नेछ । मोटोपन, कोलस्ट्रोल, जन्डिस, फोक्सो तथा मुटु रोगीहरूले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला । तर जन्म कुण्डलीमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।
वर्षको अधिकांश वृहस्पतिको अनुकूल प्रभावले व्यापार व्यवसाय, सेयर बजार तथा उद्योगमा थप लगानी गर्ने वातावरण बन्नेछ भने प्रशस्त नाफा कमाउन सकिनेछ । आफूलाई मन परेको मानिससँग वा पति पत्नीका साथ रमाइलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडीहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुसन्धानको क्षेत्र तथा पढाइ लेखाइबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ । रमाइलो पारिवारिक यात्राको अधिक सम्भावना रहेको छ भने व्यापार बिस्तारको लागि अथवा धार्मिक तथा शिक्षाको लागि देश विदेशको यात्रा गर्न सकिनेछ ।
असोजको तेस्रो साताबाट पौष महिनाभरि पराक्रम भावमा शनिको गोचरले राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरूका लागी समय उत्तम रहेको छ । बहुमूल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ ।
वैशाख महिना र असोजको तेस्रो साताबाट मंसिर महिनासम्म ऋण, रोग तथा कष्ट भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुलताले लगानी डुब्ने तथा आर्थिक रूपमा कमजोर महसुस हुनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा पुराना रोगीहरूका लागी समय मध्यम रहेको छ । न्यायिक निर्णयहरू तपाईँको पक्षमा फैसला नहुन सक्छ । आफन्त, कुटुम्ब तथा मामा मावलीसँग मनमुटाब बढ्ने योग रहेको छ । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्दा मानसिक रूपमा कमजोर होइने छ । विधिविधान पूर्वक काम नगर्दा राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्ने तथा दण्ड जरिवाना तिर्नुपर्नेछ ।
वैशाख १२ गतेबाट जेष्ठ १७ गतेसम्म शुक्रले सुखभावमा बसेर मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले गीत संगीत वा साहित्य क्षेत्रमा काम गर्नेहरूका लागी थाती रहेको काम पुरा गर्ने तथा यात्रा गर्ने अवसर जुर्नेछ । राज्यबाट लाभ मिल्ने, नोकरीमा नढुवा वा सुगम स्थानमा स्थानान्तरण हुनेछ । जेष्ठ २३ गतेबाट असार ९ गतेसम्म र भाद्र ३० गतेबाट असोज १५ सम्म बुधले केन्द्रमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले व्यापार वाणिज्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । सेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरि नाफा कमाउन सकिनेछ ।
विधिपूर्वक वृहस्पतिको लागी माता बङ्गलामुखीको पूजा, आराधन तथा दर्शन र शनिको लागी महाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असोज, कार्तिक, जेष्ठ र फाल्गुन महिना उत्तम रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मिश्रित फलदायी वर्ष रहेको छ । वर्षको अधिकांश समय पराक्रम भावमा गोचर गर्ने शनिले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरू जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा, गाडी तथा इन्जिन सम्बन्धी कामबाट आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी जागिर मा नियुक्ति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । टेक्निकल वा आइटीसँग सम्बन्धित काम वा शिक्षाबाट लाभ लिन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । लामो समयदेखि रोकिएर बसका काम सम्पादन हुने र मुद्दा आफ्नो पक्षमा फैसला हुनेछ । असोजको तेस्रो साताबाट पौष महिनाभर शनिको अन्त्य साढेसाती दशाको प्रभावले झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमीको महसुस हुनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दूरी बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । रुपैयाँ पैसा सापटी दिँदा वा लगानी गर्दा ध्यान नदिए फस्न सक्छ । तर पनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा भए शुभ फल पाइनेछ ।
वर्षको अधिकांश समय ऋण, रोग तथा शत्रु भावमा गोचर गर्ने वृहस्पतिको प्रतिकुल प्रभावले शत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरूले अनावश्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । आफन्त तथा मामाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । राजनीति तथा कूटनीतिको क्षेत्रमा समय लगानी गर्नेहरूले जनताको समर्थन पाउन कडा मेहनत गर्नु पर्नेछ । जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न ।
तर पनि वैशाख महिना र असोज तेस्रो साताबाट मंसिर महिनाभर वृहस्पतिको अनुकूल प्रभावले विद्यार्थीहरूका लागी समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देश विदेशको यात्रा हुनेछ । लेखनकला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी वर्ष शुभ रहनेछ । स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैक तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूले मनग्गे धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने ग्रहयोग छ । मिहिनेतहरूलाई आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । भाग्यले घरजग्गालगायत स्थायी सम्पत्ति दिलाउन सक्छ । उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ ।
वर्ष भरिनै धन भावमा केतुको गोचरले अचानक धन प्राप्ति भएता पनि रोग तथा शत्रुको सामना गर्नुपर्नेछ । कष्ट भावमा राहुको स्थानान्तरणले स्वास्थ्यमा बाधा, चोटपटक र अर्थहानी जस्ता समस्या देखा पर्न सक्छन् । उपलब्धि र भोगाधिकारलाई जोगाइराख्न पनि विशेष सजगता अपनाउनुपर्नेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न ।
कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले राज्य भावमा गोचर गरि मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्रीबाट आर्थिक उन्नति गर्न सकिनेछ । जग्गाजमिन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । राज्यबाट सम्मान पाइने तथा आर्थिक उन्नति हुनेछ ।
महाकाल, हनुमान तथा काली भगवतीको पूजा तथा आराधना गर्नाले र शनिबार पीपलमा जल चढाउनाले शनिको दुष्प्रभावबाट टाढा रहन सकिन्छ । आर्थिक दृष्टिकोणले असार,कार्तिक, मंसिर र चैत्र महिना उत्तम रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
कुम्भ राशि हुनेहरूका लागी वर्ष २०८२ उपलब्धिमूलक वर्ष रहनेछ । वर्षभरि नै वृहस्पतिको शुभ गोचरको कारणले आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । कृषि तथा चौपाया व्यवसायमा लगानी बढाई प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घरजग्गाको खरिद बिक्रीबाट मनग्गे आम्दानी गर्न सकिनेछ भने स्थायी सम्पत्ति जोड्ने समय रहेको छ । विद्यार्थीहरूले पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्न सक्नेछन् भने अध्ययनकै सवालमा विकसित देशको यात्रा गर्न सकिनेछ । शेयर बजार, अध्ययन अध्यापन, बैक तथा वित्तीय क्षेत्रमा समय खर्चिनेहरूले राम्रो प्रगति गर्न सक्नेछन् । नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । माया प्रेमका कोपिलाहरू फक्रिनेछन् भने सुयोग्य बर बधूको लगन गाँठो बाँधिनेछ ।
राशिमा राहु र व्यापार भावमा वर्षभरि नै केतुको गोचरले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तान तथा आफन्तको प्रगति देख्न पाइनेछ । राज्यबाट लाभ मिल्ने तथा अकस्मात् धन सम्पत्तिमा वृद्धि हुने योग रहेको छ । छोटो समयमा आर्थिक उन्नति गरि जीवन
स्तर उकास्न सकिनेछ । व्यापारकै सवालमा लामो दूरीको यात्राको योग रहेको छ । विदेशी लगानीबाट सञ्चालित संस्थाहरूमा काम पाउने प्रशस्त सम्भावना रहेको छ भने अफिसियल यात्रा हुनेछ ।
वर्ष भरिनै शनिको आद्य तथा अन्त्य साढेसातीको प्रभाव रहने हुनाले र जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई अस्वस्थता बढ्ने वा औषधी उपचार खर्चमा वृद्धि हुने, धन तथा भौतिक सम्पत्ति हानी, रोग बढ्ने, परिवार भित्रकै मानिसबाट झुटा आरोप, काममा बाधा, न्यायसङ्गत काम नगर्दा जेलनेल सम्मको यात्रा हुने, आर्थिक मन्दी जस्ता समस्याको सामना गर्नुपर्नेछ । तर पनि तर पनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा भए शुभ फल पाइनेछ ।
कार्तिक १६ गतेबाट मंसिर ९ गतेसम्म शुक्रले सुख भावमा गोचर गरि मालव्य नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सवारी साधनको खरिद बिक्रीबाट आर्थिक उन्नति गर्न सकिनेछ । जग्गाजमिन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । राज्यबाट सम्मान पाइने तथा आर्थिक उन्नति हुनेछ । गीत सङ्गीत तथा फिल्मी क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिने तथा लामो दूरीको यात्राको योग बन्नेछ । कार्तिक १२ गतेबाट मंसिर २३ गतेसम्म केन्द्रमा मंगलले रुचक नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले जागिरमा नियुक्ति तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । राज्यबाट मान सम्मान पाउने तथा लामो दूरीको यात्राको योग रहेको छ । स्थायी सम्पत्तिमा बढोत्तरी वा घरजग्गा जोड्न सकिनेछ ।
शनिको नकारात्मक फलबाट बच्नको निमित्त काली भगवती तथा शनिबार पीपलमा जल चढाउने गर्नुहोला । राहु केतुको लागी बटुक भैरवको पूजा तथा आराधना र हनुमान चालिसाको पाठ गर्नुहोला । आर्थिक दृष्टिकोणले वैशाख, साउन, मंसिर र पुस महिना उत्तम रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मीन राशि हुनेहरूका लागी वर्ष २०८२ संघर्षका बाबजुद उपलब्धि हात पार्न सकिनेछ । वर्षभरि नै वृहस्पति शुभ रहनाले घर जग्गा तथा भौतिक सम्पत्ति जोड्न सकिनेछ । पैतृक सम्पत्ति आफ्नो नाममा आउने योग रहेको छ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामुखी व्यवसाय भन्दा सेवामुखी व्यवसाय फस्टाएर जानेछ । प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । मौसमले साथ दिने हुनाले कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरि प्रशस्त आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने घर परिवारमा माङ्गलिक कामहरू हुनेछन् । लेखन, कला तथा साहित्य क्षेत्रमा प्रगति हुनेछ । सबै खाले प्राविधिक पेसामा आफूलाई स्थापित गर्न सकिनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुने तथा लामो दूरीको धार्मिक यात्राको योग रहेको छ ।
वर्षभरि नै शनिको आद्य तथा मध्य साढेसातीको प्रभाव रहनेछ । चिना वा जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूले सवारी साधन वा भौतिक सम्पत्तिमा क्षति हुनेछ । आफन्त तथा साथीभाइबाट टाढिनू पर्दा मन खिन्न हुनेछ । अनावश्यक लाञ्छना लाग्नेछ । आफ्नो वा परिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । नोकरीमा घटुवा, दुर्गम स्थानमा स्थानान्तरण वा आलोचित हुने पर्ने र मनमा बेचैनले गतिलो डेरा जमाउनेछ । अवसरवादीहरूले नजिक भई आर्थिक अपचलन तथा गलत मार्गमा लगी फसाउन सक्छन् । काममा बाधा, गलत आरोप, मान हानी, पारिवारिक वा वैचारिक मतभेद, स्वास्थ्यमा समस्या तथा आर्थिक रूपमा कमजोर भएको महसुस हुनु जस्ता समस्याहरू आउन सक्छन् । घरपरिवारमा वा समाजमा वैचारिक मुद्दा नमिल्दा बसाई सराई तथा स्थानान्तरणको योग बन्नेछ । तर पनि जन्म कुण्डली वा चिनामा शनि स्वगृह, उच्च, निचभङ्ग र ३, ६, ११ भावमा भए शनिको आद्य साढेसातीले अधिक फाइदा हुनेछ । त्यस्तै खर्च भावमा राहुको गोचरले अधिक खर्च बढ्ने तथा कष्टकर यात्रा नहोला भन्न सकिन्न । आँखामा समस्या आउने, ऋण तथा शत्रुको सामना गर्नुपर्नेछ ।
जेष्ठ २३ गतेबाट असार ९ गतेसम्म र भाद्र ३० गतेबाट असोज १५ सम्म बुधले केन्द्रमा बसेर भद्र नामको पञ्चमहापुरुष योगको निर्माण गर्ने हुनाले सेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ । साहित्य लेखनमा बाकी रहेको कामहरू सकाई प्रकाशित गर्न सकिनेछ । हास्यव्यङ्ग्य क्षेत्रमा दर्शको मन जित्न सकिने तथा फिल्मी क्षेत्रमा स्थापित भई नाम र दाम दुवै कमाउन सकिनेछ । संवैधानिक अङ्गमा नियुक्तिको प्रबल सम्भावना रहेको छ ।
शनिको आद्य तथा मध्य साढेसाती तथा नकारात्मक प्रभावबाट बच्न महाकाल, हनुमान र काली भगवतीको दर्शन तथा पूजा गर्नाले र शनिबार पीपलमा जल चढाउनाले शनिदेवको नकारात्मक प्रभावबाट छुटकारा पाउन सक्नेछ । राहु र केतुको लागी बटुक भैरवको दर्शन गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ, भाद्र, पौष र माघ महिना उत्कृष्ट रहेको छ ।
प्रतिक्रिया दिनुहोस्