सिन्धुली । फिक्कल गाउँपालिका–६ सालुकेस्थित स्वास्थ्य चौकीका इन्चार्ज सन्तोषराज पौडेलमाथि सेवा नै चरम रूपमा दुरुपयोग गरेको आरोप लागेको छ।
स्थानीयवासी तथा कर्मचारीहरूको उजुरीअनुसार पौडेलले सरकारबाट निःशुल्क उपलब्ध हुने औषधि खुलेआम बिक्री गर्दै आएका छन्। त्यसमाथि सहकर्मीहरूप्रति निरन्तर गालिगलोज गर्ने, मानसिक दबाब सिर्जना गर्ने मात्र नभई यौन दुव्र्यवहारसमेत गरेको गम्भीर आरोप लागेको छ।
उक्त घटनाका सम्बन्धमा प्रमाणहरू संकलन भइसकेको र गाउँपालिका कार्यालयमा समेत उजुरी दर्ता भएको जानकारी प्राप्त भएको छ। यसबारे फिक्कल गाउँपालिकाले प्रारम्भिक अनुसन्धान थालिसकेको र दोषी प्रमाणित भए कानूनी कारबाही हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बर रजन मगरले बताइएका छन् ।
स्वास्थ्य चौकीमा सेवाग्राही उपचार र परामर्शका लागि पुग्ने तर इन्चार्जकै दुव्र्यवहारले त्रसित हुने अवस्था सिर्जना भएको भन्दै स्थानीयवासीले तत्काल सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कठोर कारबाही गर्न माग गरेका छन्।
“सोच मलाई दु:ख दिएर त सुखले बस्न पाउदिनस् भनेर केही कर्मचारीलाई इन्चार्ज पौडेलले धम्क्याउदै गरेको भिडियो फुटेज समेत बागमती पेजलाई उपलब्ध भएको छ ।“
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा इन्चार्जकै संलग्नतामा अनियमितता भएको आरोप लाग्नु गम्भीर भएको भन्दै सर्वसाधारणले गाउँपालिकासँग कडाइका साथ छानबिन र कानूनी कदम चाल्न आग्रह गरेका छन्।
पालिकाले इन्चार्ज पौडेललाई २४ घण्टे स्पष्टीकरण मागेपनी उनले लिखित जवाफ पठाएका छैनन् :

प्रतिक्रिया दिनुहोस्