काठमाडौं । बुढानिलकण्ठ युवा समाजद्वारा आयोजित १०औं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगिता भव्य समारोहका बीच उद्घाटन भएको छ। कार्यक्रमका प्रमुख अतिथि बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी रहेका छन् । उद्घाटन समारोह वडा नं. ५ का अध्यक्ष कृष्ण शाहको सभापतित्वमा सम्पन्न भयो।
उद्घाटन खेलमा तौलुङ युवा क्लबले साबिक विजेता शिवपुरी नवजागृत क्लबलाई ३–० ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको छ। तौलुङका विश्व लामाले दुई गोल गर्दै ‘फ्र्यान्क्लिन म्यान अफ द म्याच’ बने, जसअन्तर्गत उनले रु. १,००० नगद र गिफ्ट ह्याम्पर पाए।

दोस्रो खेलमा तौलुङ स्पोर्ट्स एकेडेमीले बालेश्वोरी क्लबलाई २–१ ले हरायो। खेलका ‘म्यान अफ द म्याच’ सुनिल लामा बने, जसले दुबै गोल गरेका थिए।
प्रतियोगिताको विजेताले रु. २ लाख र उपविजेताले रु. १ लाख पुरस्कार पाउनेछन्। यस संस्करणको टाइटल स्पोन्सर फ्र्यान्क्लिन एजुकेशनल कन्सल्टेन्सी रहेको छ। प्रतियोगिता कार्तिक २ गतेसम्म बुढानिलकण्ठ स्कुल मैदानमा सञ्चालन हुने जनाएको छ।
सो अवसरमा बुढानिलकण्ठ स्कुलका प्रधानाध्यापक केशरबहादुर खुलाल, वडा नं. ४ का अध्यक्ष श्रीराम केसी, वडा नं. ८ का अध्यक्ष सुमन तामाङ, र नेपाल फुट्भलि संघका अध्यक्ष राजु विक्रम थापालगायतको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्