Logo

बागमती पेज

१० मंसिर २०८२, बुधबार

मितेरी डेभलपमेन्ट बैंकद्वारा सेयरधनीको खातामा १०% नगद लाभांश वितरण


मितेरी डेभलपमेन्ट बैंकद्वारा सेयरधनीको खातामा १०% नगद लाभांश वितरण

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश वितरण गरेको छ। बैंकको मंसिर ६ गते सम्पन्न २०औं वार्षिक साधारणसभाले पारित गरेको चुक्ता पुँजीको १०% नगद लाभांश (कर सहित) सेयरधनीहरूको खातामा जम्मा गरिएको बैंकले जनाएको छ।

डिम्याट खातामा बैंक खाता अद्यावधिक भएका सेयरधनीलाई मंसिर ७ गतेदेखि लाभांश पठाउने कार्य सुरु गरिएको हो।

यससँगै, डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीलाई यथाशीघ्र खाता अद्यावधिक गर्न बैंकले अनुरोध गरेको छ, ताकि उनीहरूले सहज रूपमा लाभांश प्राप्त गर्न सकून्।