Logo

बागमती पेज

१२ मंसिर २०८२, शुक्रबार

बु न पा ५, टुसालका बासिन्दाका लागि सफा खानेपानीको व्यवस्था


बु न पा ५, टुसालका बासिन्दाका लागि सफा खानेपानीको व्यवस्था

काठमाडौँ:
बु न पा ५, टुसालका बासिन्दालाई सफा र सुद्द खानेपानी उपलब्ध गराउन फिल्टर ट्याङ्की निर्माणको तयारी सुरु भएको छ।

स्थानिय कृष्ण तामाङले बासिन्दाको स्वास्थ्य र जीवनस्तर सुधारका लागि यो पहल गर्न लागिएको जानकारी दिनुभयो। फिल्टर ट्याङ्की निर्माणपछि बासिन्दालाई प्रत्यक्ष सफा पानी खुवाउन सकिने र स्वास्थ्य समस्या कम हुने आशा गरिएको छ।

स्थानिय समुदायले पनि यस योजनामा सहयोग गर्न तत्परता देखाएको बताइएको छ। परियोजना पूरा भएपछि टुसाल गाउँका बासिन्दाले दैनिक आवश्यकता अनुसार सुरक्षित र पिउन योग्य पानी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।