काठमाडौँ – हत्तीगाउँस्थित भद्रकाली मन्दिर नजिकै रहेको वेलनेस सेन्टरमा आर्ट अफ लिभिङ नेपालका वरिष्ठ ध्यान प्रशिक्षक अच्युत राज गौतमद्वारा सञ्चालित ४ दिने एडभान्स मेडिटेशन कोर्स आज सफलतापूर्वक सम्पन्न भएको छ।
चार दिनसम्म चलिएको उक्त कोर्समा सहभागीहरूले गहिरो ध्यान, मौन साधना, सचेत श्वास–प्रश्वास, योग तथा मन–शरीर सन्तुलनका अभ्यासहरू सिक्ने अवसर पाए। तनाव कम हुने, मानसिक स्पष्टता बढ्ने र आन्तरिक शान्ति अनुभूत हुने अनुभूति सहभागीहरूले साझा गरेका थिए।
कोर्स समापनका अवसरमा वरिष्ठ आर्ट अफ लिभिङ शिक्षक अच्युत राज गौतमले सहभागीहरूलाई बधाई दिँदै भनेः
“ध्यान केवल अभ्यास होइन, जीवनलाई सरल, स्थिर र सकारात्मक बनाउने एक गहिरो प्रक्रिया हो। मानिसले आफ्नो भित्री शान्तिसँग जति नजिकिन्छ, उसको जीवन त्यति नै सम्पन्न र सहज बन्छ। यस ४ दिने साधनाले सहभागीहरूलाई मनको हलुकापन र नयाँ ऊर्जा दिएको छ। निरन्तर अभ्यासले तनाव, बेचैनी र थकानलाई प्राकृतिक रूपमा रूपान्तरण गर्छ।”
उनका अनुसार आधुनिक व्यस्त जीवनशैलीमा ध्यान अत्यावश्यक साधन बन्न थालेको छ र यस्तो कोर्सले मानिसहरूलाई आत्म–परिवर्तनतर्फ प्रोत्साहित गर्दै आएको छ।
वेलनेस सेन्टर हत्तीगाउँमा सम्पन्न यो कार्यक्रम आर्ट अफ लिभिङ नेपालद्वारा नियमितरूपमा सञ्चालन भइरहेका ध्यान तथा जीवन–उन्नयन कार्यक्रमहरूमध्ये एक महत्त्वपूर्ण प्रशिक्षण मानिएको छ।
















प्रतिक्रिया दिनुहोस्