जेनजि विद्रोहपछि तीन महिनाको समीक्षा तथा आगामी रणनीतिमा केन्द्रित राष्ट्रिय जेनजि भेला
नवीन युवा एकता र समसामयिक राजनीतिक परिवर्तनलाई केन्द्रमा राख्दै राष्ट्रिय जेनजि भेला मङ्सिर २३ गते काठमाडौंमा आयोजित हुने भएको छ।
“आजको आवश्यकता—नवीन युवा एकता” भन्ने मूल नारासहित हुने यो भेलामा जेनजि विद्रोहपछि बितेका तीन महिनाको समीक्षा, त्यसका प्रभाव, र आगामी रणनीति तथा निकासबारे विस्तृत छलफल गरिने आयोजकले जानकारी दिएको छ।
भेला दिउँसो ३ बजेदेखि काठमाडौंको सनराइज क्याफे एन्ड बैंक्वेट, मध्यबानेश्वरमा सुरु हुनेछ। कार्यक्रमका लागि आवश्यक समन्वय तथा सहभागितासम्बन्धी जानकारी ९८४९३६७४०७ मा सम्पर्क गर्न सकिने छ।
युवाहरूको भूमिकालाई केन्द्रमा राखेर देशको राजनीतिक एवं सामाजिक रूपान्तरणमा नयाँ दिशानिर्देश तयार पार्ने उद्देश्यले यो भेला महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्