हिप्नोसिस, मेसमेरिज्म र म्याग्नेटिज्मको आवासीय प्रशिक्षण काठमाडौंमा सुरु गर्न तयारी
काठमाडौं । हिप्नोसिस, मेसमेरिज्म र म्याग्नेटिज्मसम्बन्धी गहन आवासीय प्रशिक्षण कार्यक्रम काठमाडौंमा सञ्चालन हुने भएको छ। मानसिक स्वास्थ्य, ऊर्जा–चिकित्सा र अवचेतन मनको अभ्यासमा चासो राख्ने व्यक्तिहरूलाई लक्षित गर्दै प्रशिक्षणको तयारी गरिएको आयोजक पक्षले जनाएको छ।
प्रशिक्षणमा मनोविज्ञ, काउन्सेलर, योग प्रशिक्षक, सामाजिक कार्यकर्ता, शिक्षक, सार्वजनिक वक्ता तथा आध्यात्मिक अनुशीलनमा रुचि राख्नेले सहभागी हुन सक्ने जनाइिएको छ।
व्यावहारिक सिकाइमा जोड
आयोजकका अनुसार प्रशिक्षणमा हिप्नोसिसका आधुनिक तथा परम्परागत विधि, मेसमेरिज्म र म्याग्नेटिज्मको कार्यविधि, ऊर्जा प्रवाह, चक्र–सन्तुलन, ध्यान तथा अवचेतन मनको उपयोगजस्ता विषय समावेश छन्।
सहभागीले तनाव, चिन्ता, डर, नकारात्मक ऊर्जा र मानसिक अवरोध हटाउने तरिका, आत्मविश्वास वृद्धि तथा व्यक्तिगत तथा पारिवारिक सम्बन्ध सुधारका उपायहरू पनि सिक्नेछन्।
सकारात्मक परिवर्तन अपेक्षा
प्रशिक्षणपछि सहभागीहरूमा व्यक्तिगत विकास, कार्यक्षमता वृद्धि, भावनात्मक स्थिरता र घर–परिवारमा सकारात्मक वातावरण निर्माणमा सहयोग पुग्ने आयोजकको दाबी छ।
यसबाहेक व्यापार, पेशा तथा दैनन्दिन गतिविधिमा प्रभावकारी निर्णय क्षमता विकास हुने अपेक्षा गरिएको छ।
अनुभवी प्रशिक्षकद्वारा सञ्चालन
उक्त तालिम १५ वर्षभन्दा बढी अनुभव भएका हिप्नोथेरापिस्ट तथा ऊर्जा–हिलर रितेश त्रिपाठीद्वारा सञ्चालन हुनेछ। त्रिपाठीले लामो समयदेखि हिप्नोसिस, ऊर्जा–हिलिङ तथा मानसिक रूपान्तरणमा विभिन्न व्यक्तिहरूलाई प्रशिक्षण प्रदान गर्दै आएका छन्।
सहभागी हुने तरिका
आवश्यक जानकारी तथा दर्ताका लागि इच्छुक व्यक्तिले ९८५१३५४१२४ मा सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्