Logo

बागमती पेज

२४ मंसिर २०८२, बुधबार

कक्षा १ का विद्यार्थीहरूको एकादेश्मा एग्रिकल्चर केन्द्रमा शैक्षिक भ्रमण


कक्षा १ का विद्यार्थीहरूको एकादेश्मा एग्रिकल्चर केन्द्रमा शैक्षिक भ्रमण

भक्तपुर।
फेयरील्याण्ड इन्टरनेशनल स्कूलका कक्षा १ का विद्यार्थीहरूले भक्तपुरस्थित एकादेश्मा एग्रिकल्चर केन्द्रमा शैक्षिक भ्रमण गरेका छन्। विद्यालयले प्रारम्भिक तहमै अनुभव–आधारित सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले भ्रमण आयोजना गरेको बताइएको छ।

भ्रमणका क्रममा विद्यार्थीहरूले प्राचीन कृषियन्त्र, परम्परागत घरेलु सामग्री, सांस्कृतिक उपकरण तथा पुरानो ग्रामीण जीवनशैलीसँग सम्बन्धित विविध संग्रहहरूको अवलोकन गरे। शिक्षकहरूका अनुसार यस्तो प्रत्यक्ष अवलोकनले विद्यार्थीहरूमा कृषि इतिहासप्रति चासो बढाउनुका साथै सिकाइ अझ प्रभावकारी बनेको छ।

एग्रिकल्चर केन्द्रले स्थानीय आतिथ्यका रूपमा मकै र मही जस्ता परिकारले स्वागत गरेको थियो। यसले बालबालिकामा उत्साह थपिदिनुका साथै ग्रामीण नेपालमा पाइने खाद्य संस्कृतिको अनुभव गराएको विद्यालयले जनाएको छ।

भ्रमणभर विद्यार्थीहरू उत्साहित र जिज्ञासु देखिएका थिए। कक्षामा सिकेका विषयहरू वास्तविक जीवनसँग कसरी जोडिन्छन् भन्ने बुझ्न उनीहरूले अवसर पाएको शिक्षकहरूको भनाइ छ।

विद्यालयले आगामी दिनमा पनि यस प्रकारका अनुभवमूलक शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने जनाएको छ।