Logo

बागमती पेज

२७ मंसिर २०८२, शनिबार

नारायणी सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा निरीक्षण


भरतपुर । मन्त्री कुलमान घिसिङले शनिबार नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर पुलको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा उनले ठेक्का सम्झौताअनुसार निर्धारित समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।

४२० मिटर लम्बाइको उक्त पुल १ अर्ब ६९ करोड रुपैयाँ लागतमा निर्माण हुँदैछ। मनसुन सुरु हुनुअघि पाइल फाउन्डेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने पुल निर्माण २०८४ जेठभित्र सक्ने कार्यतालिका छ।

दुई ठूला पाइलोन कंक्रिट टावरमा स्टे केबलमार्फत सडकलाई सपोर्ट गर्ने आधुनिक संरचना पुलको मुख्य विशेषता हो। निरीक्षणमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल पनि सहभागी थिइन्।