चितवन । नेपाल शैक्षिक परामर्श संघ चितवनको १४औँ साधारण सभा तथा ८औँ अधिवेशनअन्तर्गत हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदका लागि भोजबहादुर खड्का र उपाध्यक्ष पदका लागि ठाकुर रेग्मी ‘शिशिर’ ले आफ्नो उमेदवारी घोषणा गरेका छन्।
शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील खड्का र रेग्मी दुवै जना अनुभव, क्षमता र पेशागत निष्ठाका आधारमा आफ्नो व्यवसायिक पहिचान स्थापित गर्न सफल व्यक्तित्वका रूपमा परिचित छन्। बाल्यकालदेखि नै एक–अर्कासँग निकट सम्बन्धमा रहँदै आएका उनीहरू शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धतासहित निर्वाचन मैदानमा उत्रिएका हुन्।
अध्यक्ष पदका उम्मेदवार भोजबहादुर खड्का आध्यात्मिक चिन्तन, स्वास्थ्य चेतना र समाजसेवामा सक्रिय रहँदै आएका छन्। इमानदार र नैतिक नेतृत्वशैलीका कारण उहाँलाई संस्थालाई पारदर्शिता र सुशासनको मार्गमा अघि बढाउन सक्ने सक्षम व्यक्तित्वका रूपमा हेरिएको छ।
त्यसैगरी, उपाध्यक्ष पदका उम्मेदवार ठाकुर रेग्मी ‘शिशिर’ ले देश तथा विदेशका विभिन्न शैक्षिक र व्यवस्थापकीय क्षेत्रमा अनुभव हासिल गरेका छन्। वैदेशिक शिक्षा, व्यवस्थापन दक्षता र रणनीतिक सोचका कारण उहाँको नेतृत्वले संघको संस्थागत विकास र व्यवस्थापन प्रणालीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
योग्य, प्रतिबद्ध र दूरदर्शी नेतृत्वमार्फत संघलाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्यसहित उनीहरूको उम्मेदवारीलाई शैक्षिक परामर्श क्षेत्रका सरोकारवालाहरूले सकारात्मक रूपमा लिएको जनाइएको छ।
















प्रतिक्रिया दिनुहोस्