फेरिल्याण्डकी खेलाडी कृतिका कटवालद्वारा पाँचौँ बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्दै उत्कृष्ट प्रदर्शन
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको प्राविधिक सहयोगमा कागेश्वरी मनोहरा नगरपालिकाद्वारा मिति २०८२ साल पौष २५ देखि २७ गतेसम्म आयोजना गरिएको “पाँचौँ बागमती प्रदेशस्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता–२०८२” मा फेरिल्याण्डकी खेलाडी कृतिका कटवाल ले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जित्न सफल भएकी छन्।
खेलाडीहरूको वरियता निर्धारणसहित सम्पन्न उक्त प्रतियोगितामा प्रदेशभरका प्रतिभावान खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलका बीच कृतिका कटवालले देखाएको अनुशासन, मेहनत र खेलकौशलले सबैको ध्यान आकर्षित गरेको थियो।
यस महत्वपूर्ण उपलब्धिले फेरिल्याण्ड तथा स्थानीय खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको छ। कृतिका कटवालको आगामी खेल जीवन अझ सफल रहोस् भन्ने कामनासहित उहाँलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्