Logo

भवानी कार्की

२६ माघ २०८२, सोमबार

कांग्रेसमा जनताले चाहेको परिवर्तन आइसकेको छ, अब शक्ति दिनुस्: महामन्त्री प्रदीप पौडेल


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन् ।

शनिबार आयोजित चुनावी सभामा बोल्दै क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले देशलाई रुपान्तरण गर्ने गरी कांग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गरे ।

‘म कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु–तपाईंले भनेजस्तो कांग्रेस बनेको छ । तपाईले कांग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । काङ्ग्रेस त्यो रुपान्तरण भएको छ । अब रुपान्तरित कांग्रेसले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल प्रदान गर्नुस् । मत दिएर तागत प्रदान गर्नुस्,’ उनले भने ।

देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल पनि गरे । पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि देशको रुपान्तरणका लागि कांग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराए ।

‘राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोरित जान सक्दैन । निर्णय सही ढंगबाट हुन सक्दैन । खासगरी अहिले कांग्रेसको नेतृत्व गरिरहेको हामीहरू पनि पछिल्लो पुस्ताकै हौ तुलनात्मक हिसावबाट । तर हावी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौं,’ उनले भने ।