सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेल विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार गजुरेलले १७,९४० मत प्राप्त गरी जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ दाहाल (राजन) ले १४,७८० मत प्राप्त गरे। यस्तै, नेकपा एमालेका मनोजजंग थापाले ११,६०६ र नेपाली कांग्रेसकी सुशीला थिङले ६,७६० मत प्राप्त गरेका छन्।
यो जितसँगै सिन्धुली–२ मा रास्वपाले आफ्नो बलियो उपस्थिति जनाएको छ।












प्रतिक्रिया दिनुहोस्