सिन्धुली । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार कार्कीले १६,६५९ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारेर विजयको झण्डा गाडेका हुन्।
यो प्रतिस्पर्धामा कार्कीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप कटुवालले १५,८७५ मत प्राप्त गरेका छन्। कार्कीले कटुवाललाई ७८४ मतान्तरले पराजित गर्दै संसदको यात्रा सुनिश्चित गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रदिप कटुवाल र नेपाली कांग्रेसका उज्ज्वल बरालसँगको रोचक भिडन्तलाई किनारा लगाउँदै कार्कीले सिन्धुली-१ बाट संसदको यात्रा तय गरेका हुन्।
घण्टीको यो विजयलाई जिल्लामा ‘नयाँ शक्तिको उदय’ र स्थापित राजनीतिक दलहरूको गढ भत्किएको रूपमा हेरिएको छ।












प्रतिक्रिया दिनुहोस्