Logo

बागमती पेज

भाद्र ३१, २०७७ बुधबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प


Earthquake Bhukampa

बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

उनका अनुसार ५ बजेर १९ मिनेट जाँदा सो भूकम्प गएको हो । अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुश भएको थियो ।

भूकम्पबाट केकति क्षति भयो भन्नेबारे विवरण प्राप्त भइसकेको छैन । पछिल्लो समय ५ रेक्टर स्केलसम्मको भूकम्प गइरहेपनि सो भन्दा माथिका भूकम्प लामो समयपछि आएको हो ।