काठमाडौं । किष्ट टिचिङ हस्पिटल ले १५औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्दै अंग प्रत्यारोपण सेवामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ। अस्पतालले नेपालमै उच्च सफलता दर कायम गर्दै प्रत्यारोपण सेवामा अग्रणी भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ।
वि.सं. २०६३ सालदेखि बहुविशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको किष्ट टिचिङ हस्पिटल ले कलेजोसँगै मिर्गौला प्रत्यारोपण सेवा पनि सञ्चालन गर्दै आएको छ। अस्पतालका अनुसार हालसम्म १९८ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
यसपटकको प्रत्यारोपण भावनात्मक रूपमा पनि विशेष रह्यो, जहाँ छोरीले बुबालाई अंग दान गर्दै जीवनदानको उदाहरण प्रस्तुत गरिन्। अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक र समर्पित मेडिकल टोलीको समन्वयले जटिल शल्यक्रियामा सफलता हासिल भएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनका अनुसार, निरन्तर सुधार, प्रविधिको प्रयोग र विशेषज्ञ चिकित्सकहरूको योगदानले किष्ट टिचिङ हस्पिटल लाई नेपालमा अंग प्रत्यारोपण सेवाको विश्वसनीय केन्द्रका रूपमा स्थापित गरेको छ।












प्रतिक्रिया दिनुहोस्