Logo

मेघनाथ पहाडी

बैशाख ३१, २०७९ शनिबार

नुवाकोटमा कांग्रेसको प्यानल विजयी, कती ल्याए भोट !


नुवाकोट । रसुवाको चारवटा गाउँपालिकामा मतगणनाको कार्य जारी छ । जिल्लाको पाँचवटा गाउँपालिकामध्ये चारवटा गाउँपालिकामा मध्यरातिदेखि नै मतगणनाको कार्य सुरु गरिएको हो ।

उत्तरगया, कालिका, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा मध्यरातदेखिनै मतगणनाको कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बागमती पेजलाई जानकारी दिए ।

गोसाइँकुण्ड गाउँपालिकाको भने शनिबार बिहान हेलिकप्टरबाट मतपेटिका ल्याएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा रसुवामा ७७ प्रतिशत मत खसेको थियो ।

जिल्लाको उत्तरगयामा ८ हजार ४ सय २, कालिकामा ८ हजार ६ सय ५६, गोसाइँकुण्डमा ५ हजार ८ सय ९०, नौकुण्डमा १० हजार ५ सय ३७ र आमाछोदिङ्मो गाउँपालिकामा ५ हजार ६० मतदाता रहेका छन्। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला छन्।

नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जनाए ।

महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३, माओवादीका उम्मेदवारलाई ६९, नेकपा (एमाले)को उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो । अहिले सोही गाउँपालिकाको वडा नं २ को मतगणना जारी छ ।