Logo

भवानी कार्की

भाद्र ३१, २०७८ बिहीबार

नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बावुकाजी बस्नेतको उम्मेदवारी


दोलखा । नेपाली काङ्ग्रेसको १४ औँ केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुल्ला तर्फ बावुकाजी बस्नेतले उम्मेदवरी दिने भएका छन् ।

विगत लामो समयदेखी नेपाली कांग्रेसको मात्रृ संगठनमा आबद्ध हुँदै आएका बस्नेत जिल्लाको समाजसेवीका रुपमा चिनिन्छन् । १३ औँ महाधिवेसनमा महाधिवेशन जिती महासमितीको सदस्य रहेका बस्नेत पार्टीलाई शसक्त ढंगले चलाएमान बनाउन आफुले उम्मेदवरी दिएको बताए ।

दोलखा जिल्ला उद्योग बाणिज्य संघका सल्लाकार र नेपाल फुटबल संघ एन्फाको सहाएक मास्टर चिफ समेत रहेका बस्नेत जिल्लमा सबैको रुचाइएको नेता हुन् । जिल्लाको स्थानीय तह तथा नगरपालिका भित्रका नागरिकहरुको दुःख शुखमा उभिन सक्ने क्षमता भएका सहयोगी र इमान्दार नेता मानिन्छन् । उनले बर्तामान राजनीतिलाई सबै वर्गका नागरिकलाई समेटेर पार्टीलाई चलाएमान बनाउने प्रतिबद्धता जनाएका छन ।

केन्द्रीय प्रतिनिधिमा बावुकाजिको उम्मेदवारी किन ?
‘पार्टी भित्र रहेका घात तथा अन्तरघातहरु निर्मुल गर्दे, पार्टीलाई नयाँ ढंगले संचालन गर्न, नयाँ योजना तथा रणनीति तय गर्ने उदेश्यका साथ पार्टीलाई एकबद्ध ढंगले अगाडी बढाउने र सबै नागरिकको हक, हित र अधिकारको लागि लड्न आफ्नो उम्मेदवारी दिएका हुन् ।’