Logo

बागमती पेज

आश्विन २८, २०७७ बुधबार

थप २ हजार ६३८ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुग्यो


काठमाडौं । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ८१९ र होम आइसोलेशन २१ हजार ५४८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर भएको छ ।

यस्तै देशभर बितेको २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरी काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी १४०३ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ भने निको हुनेका संख्या ८०,९५४ रहेको छ।