Logo

बागमती पेज

आश्विन २, २०७७ शुक्रबार

लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे, १०.४ प्रतिशत लाभांश दिने


काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने भएको छ । बैक लाभाश घोषणा गर्ने पहिलो बैंक बनेको छ ।

बैंकले १०.४ प्रतिशत लाभांश दिने जनाएको छ । कुल लाभांश मध्ये ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकको घोषणाको कार्यान्वन नेपाल राष्ट्र बैंकले स्विकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि हुनेछ ।

बैंकको चुक्ता पुँजी झण्डै साढे ८ अर्ब रुपैयाँ छ । बैंकले गत बर्ष एक अर्ब २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको प्रति सेयर आम्दानी १४ रुपैयाँ ९६ पैसा छ ।