काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ मात्रै कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० नयाँ संक्रमित थपिएका छन् । उपत्यकामा एकै दिनमा यति धेरै संक्रमित थपिएको पहिलो पटक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस व्रिफिगंमा यो सँगै नेपालमा संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको जानकारी दिए ।
त्यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाबाट सात जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, भक्तपुर, मोरगं र नवलपरासीमा गरी दुई महिला र ५ पुरुषको मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस्