Logo

बागमती पेज

आश्विन ३, २०७७ शनिबार

कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो: पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ११ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १ पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४ जनासहित देशभर संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको जानकारी दिए । संक्रमितमध्ये ४५ हजार २ सय ६७ जना निको भएर घर फर्किएका छन् ।