Logo

बागमती पेज

आश्विन १८, २०७७ आईतबार

बूढानीलकण्ठका मेयरलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा आज खरेलको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए । भट्टटराईका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा पर्नु भएका खरेलले पनि परीक्षण गराएको नगरपालिकाले जनाएको छ । कोरोना संक्रममण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ । नगरपालिकाका अनुसार उनमा लक्षणसमेत देखिएको छैन । मेयर खरेल अहिले होम आइसोलेसनमा बसेको प्रवक्ता भट्टराईले जानकारी दिए ।