Logo

बागमती पेज

आश्विन २२, २०७७ बिहीबार

देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुग्यो


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ४,३६४ संक्रमित थपिएको जानकारी दिए ।

उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।