Logo

बागमती पेज

मंसिर २९, २०७७ सोमबार

चन्द्रागिरीस्थित मसिने भीरबाट मिनिट्रक खस्यो, २ जनाको घटनास्थलमै मृत्यु


काठमाडौं । चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२ क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो ।

दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहचिान खुलेको छैन । उनीहरुले सडकसम्बन्धी काम गर्ने गर्थे ।

‘सडकबाट ट्रक र मृतकहरुको शव देखिएको छैन्,’ घटनास्थल पुगेका एक प्रहरीले भने, ‘भीरमा कोही पनि जानसक्ने अवस्था छैन । डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको छ ।’ दुर्घटनाको कारण खुलेको छैन ।