Logo

बागमती पेज

चैत्र २१, २०७७ शनिबार

कम्युनिस्टहरुले जनतालाई निराशा दिए, देश कांग्रेसले सम्हाल्नुपर्छः रामहरि खतिवडा


काठमाडौं । नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब दुई तिहाइको सरकार गर्ल्याम गुर्लुम ढल्ने अवस्था आएको बताएका छन् ।

राष्ट्रिय मगर संघ प्रदेश नम्बर १ द्वारा शनिबार उदयपुरको गाईघाटमा आयोजित बृहत मगर भेलामा नेता खतिवडाले कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक केही दिन नसकेको उनले बताए ।

‘कहिले एमाले, कहिले माओवादी, कहिले नेकपा, कहिले ओकपा त कहिले पुकपाको नाममा फुट्दै आएको कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक अरु दिन सकेनन्,’ उनले भने ।

नेता खतिवडाले यो अवस्थामा काँग्रेसले काँग्रेसको कुरा काट्न छोडेर एक अर्कामा सम्मान र सद्भावको वातावरण सिर्जना गरी कम्युनिस्टविरुद्ध एकजुट हुने समय आएको बताए । उनले आगामी काँग्रेसको १४ औं महाधिवेशनबाट महिला, उत्पीडित, दलित, जनजातिको समान सहभागिता हुनुपर्नेमा खतिवडाले जोड दिए ।