Logo

बागमती पेज

बैशाख १६, २०७८ बिहीबार

जिपीके फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष घिमिरे अमेरिकन प्रतिष्ठित व्यक्तित्वहरु सँगको बैठकमा सहभागी हुँदै


अमेरीका । गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे अमेरिकन प्रतिष्ठित व्यक्तित्वहरु सँगको बैठकमा सहभागी हुने भएका छन् ।

अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिसकी बहिनी माया ह्यारिस लगायत साउथ ऐसिएन अमेरिकन प्रतिष्ठित व्यक्तित्वहरु सककंगको भर्टुयल मिटिगंमा फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष घिमिरे आउंदो मे ६ तारिख, न्युयोर्कको बेलुका ८ बजे र नेपालको समय मे महिनाकै ७ तारिख बिहान ५ः४५ मा वक्ताको रुपमा प्रस्तुत हुने भएका हुन् ।

विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहेका घिमिरे पछिल्लो समय कोभिडले समस्यामा परेका नेपालीहरुको सहयोगका लागी अमेरीकी निकायसंग समन्वय गरेर काम गर्दै आएका छन् ।