Logo

बागमती पेज

बैशाख १६, २०७८ बिहीबार

निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी प्रहरीको नियन्त्रणमा


काठमाडौं । कोरोना माहामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिनभरमा १९ सय २० सवारीलाई होल्ड गरेर राखिएको हो ।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार, `बिहीबार सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।´

त्यसैगरी ३८१वटा साना जिप/कारहरु पनि होल्ड गरिएका छन् । निषेधाज्ञामा विभिन्न बाहना बनाएर चलेका १८४ वटा ठूला सवारीसाधन पनि प्रहरीको फन्दामा परेका छन् ।

‘साँझ ७ बजेपछि ती सवारीलाई छोड्छौं,’ अधिकारीले भने । उनका अनुसार तीन दिनका बीचमा काठमाडौंबाट सावा दुई लाख मान्छे बाहिरिएका छन् । बिहीबार विहानसम्म काठमाडौंका विभिन्न नाकाबाट बाहिरिने सवारीको चाप थियो ।