काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका भित्र २०७८ साल बैशाख १५ गते सम्ममा १३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोभिड खोप पश्चात पछिल्लो समय गरिएको परिक्षणमा नगरपालिकाका १३३ जनामा कोरोना संक्रमण देखिएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराउदै कोरोनाको कहर पुन बढ्दै गएको भन्दै थप सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरेका छन ।कागेश्वरी मनोहरा नगरपालिकाले कोरोना रोकथामका लागि बिभिन्न कार्यक्रम गर्दै आए पनि पछिल्लो समय कोरोना संक्रमित बढिरहेको हुँदा सजगता अपनाउन सबैमा अनुरोध गरेका हुन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडामा कति संक्रमित :
१. कागेश्वरी मनोहरा वडा नं. १ मा १ जना ।
२. कागेश्वरी मनोहरा वडा नं. २ मा ३ जना ।
३. कागेश्वरी मनोहरा वडा नं. ३ मा १ जना ।
४. कागेश्वरी मनोहरा वडा नं. ४ मा ४ जना ।
५. कागेश्वरी मनोहरा वडा नं. ५ मा १४ जना ।
६. कागेश्वरी मनोहरा वडा नं. ६ मा १३ जना ।
७. कागेश्वरी मनोहरा वडा नं. ७ मा १० जना ।
८. कागेश्वरी मनोहरा वडा नं. ८ मा १२ जना ।
९. कागेश्वरी मनोहरा वडा नं. ९ मा ७५ जना गरि कुल १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराईएको छ ।
















प्रतिक्रिया दिनुहोस्