Logo

मेघनाथ पहाडी

जेष्ठ १, २०७८ शनिबार

सांसदको संख्या गन्ने काम सकियो, संक्रमितको संख्या घटाउन ध्यान दिऔं : गगन थापा


काठमाडौं । सांसद गगन थापाले कोरोना संक्रमित र मृतकको संख्या घटाउनका लागि ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीमा केपी ओलीको पुनः नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिएको टिप्पणी गर्दै सासंद थापाले अब कोरोना संक्रमण नियन्त्रणमा ध्यान दिन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीमा केपी ओलीको पुनःनियुक्तिसँगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै’, सामाजिक सञ्जाल ट्वीटरमार्फत गगनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔँ ।’